नेपाली

सी चिनफिङद्वारा सैन्य सैद्धान्तिक कार्य सम्मेलनलाई महत्त्वपूर्ण निर्देशन

cri2024-10-15 18:47:31

अक्टोबर १४ देखि १५ तारिखसम्म पैचिङमा सम्पूर्ण सेनाको सैन्य सैद्धान्तिक कार्य सम्मेलनको आय जना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिनुभएको छ।

उहाँले सैन्य सिद्धान्तको आधुनिकीकरण राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणको एक महत्त्वपूर्ण भाग हो भन्दै बलियो सेनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको दोहोर्याउनुभयो। सीले विश्वमा शताब्दी परिवर्तन तीव्र हुँदै गएको भन्दै चीनको सुरक्षा र विकास आवश्यकतामा गहिरो परिवर्तन आएकोले यसरी नै सेनालाई बलियो बनाउने लक्ष्य हासिल गर्न अझ आवश्यक रहेको बताउनुभयो। उहाँले सैन्य सैद्धान्तिक कार्यलाई व्यापक रूपमा सुदृढ गर्नुपर्ने कुरामा जोड दिनुभयो। सेना स्थापनाको शताब्दी लक्ष्य हासिल गर्न र विश्वस्तरीय सेनाको निर्माणलाई तीव्रता दिन वैज्ञानिक सहयोग र मार्गदर्शन प्रदान गर्नका लागि चिनियाँ विशेषतायुक्त आधुनिक सैन्य सैद्धान्तिक प्रणाली निर्माण गर्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn