नेपाली

"छ्युश" पत्रिकाद्वारा चिनियाँ महासचिव सी चिनफिङको महत्वपूर्ण लेख "साहित्य र कला कार्यको गोष्ठी भाषण" प्रकाशित गर्ने

cri2024-10-15 18:09:41

साहित्यिक र कलात्मक कार्य सम्बन्धी गोष्ठीको दशौं वार्षिकोत्सवको अवसरमा अक्टोबर १६ तारिख प्रकाशित "छ्युश" पत्रिकाको २०औं अंकमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव、 राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ सन् २०१४ को अक्टोबर "साहित्य र कला कार्यको गोष्ठीमा भाषण"को लेख पुन: प्रकाशित हुनेछ।

भाषणमा साहित्य र कला पार्टी र जनताका लागि महत्वपूर्ण संस्था भएको,साहित्य र कला मोर्चा पार्टी र जनताका लागि महत्वपूर्ण मोर्चा भएकोमा जोड दिइएको थियो। उक्त भाषणले चिनियाँ राष्ट्रको महान कायाकल्पलाई साकार पार्न चिनियाँ संस्कृतिको समृद्धि आवश्यक रहेको औंल्याएको थियो। साहित्य र कला, साहित्यिक र कलाकर्मीहरूको महत्वपूर्ण भूमिकालाई धेरै महत्व दिनुपर्ने भन्दै उहाँले एक युगको साहित्यिक र कलात्मक उपलब्धिहरू मापन गर्न अन्ततः कामहरूमा निर्भर गर्ने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn