नेपाली

चीनका परराष्ट्रमन्त्री र इजरेलका विदेशमन्त्री बीच टेलिफोन वार्ता

CRI2024-10-15 10:19:49

अक्टोबर १४ तारिख चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले इजरेलका विदेशमन्त्री काट्जसँग टेलिफोन वार्ता गर्नुभएको छ।

मन्त्री काट्जले क्षेत्रीय परिस्थितिबारे इजरेलको धारणा र चिन्ताबारे जानकारी दिनुभएको छ।

मन्त्री वाङ यीका अनुसार, जनु देश वा जाति भए तापनि सबै मानिसको जीवन समान रूपमा मूल्यवान् रहेको छ। गाजा क्षेत्रमा रहेको मानवीय विपत्ति जारी राख्न हुँदैन।

इजरेल र इरानबीचको तनावपूर्ण स्थितिप्रति चीन निकै चिन्तित रहेको मन्त्री वाङले बताउनुभएको छ। क्षेत्रीय मामिलामा चीनको कुनै स्वार्थ छैन र भूराजनीतिक विवादमा कहिल्यै संलग्न रहेको थिएन। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा चीन सधैँ शान्ति, अन्तर्राष्ट्रिय कानून, तथ्य तथा सत्यको पक्षमा उभिएको छ। चीनले स्थितिलाई शान्त बनाउन र शान्ति पुनर्स्थापनका लागि निरन्तर रचनात्मक भूमिका खेल्नेछ।

लेबनानमा राष्ट्र संघीय सेनाको सुरक्षा सुनिश्चित गर्न वाङ यीले इजरेलसँग अनुरोध गर्नुभएको छ।

दुवै पक्षले चीन-इजरेलको सम्बन्धबारे पनि वैचारिक आदानप्रदान गरेका छन्।

Close
Messenger Pinterest LinkedIn