थाइवान स्वतन्त्रतालाई उत्तेजित गर्न खोजे चीनले अनिवार्य रूपमा प्रत्याक्रमण गर्नेः परराष्ट्र प्रवक्ता
अक्टोबर १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त तरवार-२०२४ बी अभ्यासबारे गरेको टिप्पणीबारे एक पत्रकारले प्रश्न सोधेका थिए।
माउ निङले "थाइवान स्वतन्त्रता" र थाइवान जलडमरूको शान्ति असंगत छ र "थाइवान स्वतन्त्रता" बलहरूले उत्तेजित गर्नेहरूलाई अनिवार्य रूपमा प्रत्याक्रमण गरिने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘चीन सधैं क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न प्रतिबद्ध छ जुन यस क्षेत्रका सबै देशहरूलाई स्पष्ट छ। थाइवान चीनको हिस्सा हो, थाइवान मुद्दा चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य हस्तक्षेप सहने छैन। यदि अमेरिकाले थाइवानमा शान्ति, स्थायित्व र क्षेत्रीय समृद्धिको ख्याल राख्छ भने उसले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको पालना गर्दै "थाइवान स्वतन्त्रता" लाई समर्थन नगर्ने अमेरिकी नेताहरूको प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ। थाइवानलाई हतियार दिन बन्द गर्नुपर्छ र थाइवानमाथिको आक्रमण बन्द गर्नुपर्छ।