नेपाली

छैटौं विश्व मिडिया शिखर सम्मेलनमा ली शु लै सहभागी

cri2024-10-13 16:56:39

अक्टोबर १२ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका मन्त्री ली शु लैले पैचिङमा आयोजित छैटौं विश्व मिडिया शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरूसँग सामूहिकरूपमा भेटवार्ता गर्नुभयो।

ली शु लैले सन् २०२१ मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चौथो विश्व मिडिया शिखर सम्मेलनलाई बधाई पत्र पठाएको कुरा बताउनुभयो। उहाँले सो पत्रमा विगत तीन वर्षदेखि यता शिखर सम्मेलनको प्रभाव बढ्दै आएको र सञ्चारमाध्यम जनताबीचको सञ्चारको पुल भएको बताउनुभयो।

विभिन्न देशका सञ्चारमाध्यमहरूले चीनको गहिरो बुझाइ र सबै पक्षहरूसँग मिलेर चीनको साझा समृद्धि र विकासको कथा सुनाउन चीन इच्छुक रहेको कुरा सो पत्रमा लेखिएको छ।

तास न्युज एजेन्सी, पेनिन्सुला मिडिया ग्रुप, एसोसिएटेड प्रेस र हंगेरी एटिभी ग्रुपलगायतका १३ अन्तर्राष्ट्रिय मूलधारका सञ्चारसंस्थाका प्रमुखहरूले उक्त सम्मेलनमा भाग लिँदै मिडिया आदानप्रदानमार्फत विश्व समृद्धि र विकासमा योगदान पुर्‍याउने आशा प्रकट गरे।

Close
Messenger Pinterest LinkedIn