नेपाली

ली छ्याङद्वारा भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव र राष्ट्राध्यक्ष सु लिनसँग भेटवार्ता

cri2024-10-13 16:52:26

अक्टोबर १२ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले हनोईमा रहेको भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कार्यालयमा भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सु लिनसँग भेटघाट गर्नुभयो।

ली छ्याङले दुई पक्ष र दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न र रणनीतिक महत्वपूर्ण चीन-भियतनाम साझा भविष्यको समुदायको निर्माणलाई दृढतापूर्वक प्रवर्द्धन गर्न चीन भियतनामसँग मिलेर प्रयास गर्न इच्छुक रहेको कुरा बताउनुभयो।

जवाफमा सु लिनले भियतनामले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गर्ने र सबै प्रकारका "थाइवान स्वतन्त्रता" पृथकतावादी गतिविधिको दृढतापूर्वक विरोध गर्ने अडान लिनुभयो।

Close
Messenger Pinterest LinkedIn