चिनियाँ कार्यटोली "१०·६" आतंकवादी हमलाको समाधान गर्न पाकिस्तानमा
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले "१०·६" आतंकवादी हमलाको समाधान गर्न चिनियाँ क्रस-विभागीय कार्यटोलीले पाकिस्तानको भ्रमण गर्दै रहेकोबारे प्रतिक्रिया दिएका छन्।
प्रवक्ताका अनुसार अक्टोबर ६ तारिख कासिम पोर्टमा रहेको कोइला पावर स्टेशनको गाडीमाथि आक्रमण हुँदा केही चिनियाँको मृत्यु र केही घाइते भएका थिए। घटना लगत्तै चीनले क्रस-विभागीय कार्यटोलीलाई सो समस्याको समाधान गर्न पाकिस्तान पठाएको थियो, साथै सो टोलीले अक्टोबर ८ तारिख इस्लामावाद पुगेपछि तुरुन्तै पाकिस्तानस्थित चिनियाँ दूतावास र सम्बन्धित उद्यमहरूसँग मिलेर सो दुर्घटनाको विस्तृत आपतकालीन प्रतिक्रिया शुरू गरेको कुरा ती प्रवक्ताले बताए।
प्रवक्ताका अनुसार उक्त टोलीले पाकिस्तानमा हुँदा मृत्युभएका देशवासीहरूप्रति समवेदना प्रकट गरेको छ र अस्पतालमा घाइतेहरूसँग भेटेर कम्पनीका कर्मचारीहरूलाई सान्त्वना दिएको छ।