नेपाली

चाइना मिडिया ग्रुपले आयोजना गरेको "बसद्वारा चीन यात्रा - सिचाङ(तिब्बत)" बिग मिडिया कार्यक्रम सुरु

cri2024-10-09 18:19:55

अक्टोबर ९ तारिख चाइना मिडिया ग्रुपको बिग मिडिया कार्यक्रम "बसद्वारा चीन यात्रा - सिचाङ" पैचिङमा सुरु भयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङ र सिचाङको पार्टी समितिको स्थायी समितिका सदस्य एवम् स्थानीय प्रचार विभागका प्रमुख वाङ हाइ चौसँग भेटघाट गर्नुका साथै सो कार्यक्रममा सहभागी हुनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी पैचिङ नगर कमिटीको स्थायी समितिका सदस्य एवम् महासचिव चाउ लेई चाइना तिब्बत विज्ञान अनुसन्धान केन्द्रका महानिर्देशक चङ डुई र अन्य अतिथिहरूले साथसाथै उक्त मिडिया कार्यक्रमको शुभारम्भ गर्नुभयो।

अक्टोबर ११ तारिखदेखि सुरु हुने १४ दिने प्रत्यक्ष प्रसारण र भिडियोहरूको शृङ्खलामार्फत् यो पदयात्राले नेटिजनहरूका लागि सिचाङको नयाँ पर्यटकीय बाटो देखाउनेछ, सिचाङको प्राकृतिक दृश्यको सुन्दरतालाई पूर्णरूपमा देखाउनेछ र सिचाङको पर्यटनको लोकप्रियतामा थप बढाउनेछ साथै सिचाङको पर्यटन उद्योग व्यवसायको उच्च-गुणस्तरीय विकास तथा सांस्कृतिक आदान-प्रदानमा नयाँ शक्ति थप्ने अपेक्षा छ।

Close
Messenger Pinterest LinkedIn