नेपाली

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चिनियाँ गाडीलक्षित कराँची आक्रमणको निन्दा

cri2024-10-07 16:30:32

अक्टोबर ७ तारिख पाकिस्तानी प्रधानमन्त्री मुहामद शाहबाज शरिफले सामाजिक सञ्जालमामार्फत् ६ तारिख कराँचीमा भएको आक्रमणमा २ जना चिनियाँको ज्यान गएको र अन्य १ जना घाइते भएकोमा एकदमै आश्चर्य लागेको भन्दै दु:ख प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री शरिफले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्नुका साथै चिनियाँ नेता र जनता विशेषत: मृतकका परिवारजनलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।

पाकिस्तानले दृढताका साथ चिनियाँ साथीको संरक्षण गर्नुका साथै सकेसम्म पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षालाई प्रत्याभूति दिलाउँदै जाने अठोट पनि प्रधानमन्त्री शरिफले व्यक्त गर्नुभयो।

यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले ७ तारिख एउटा वक्तव्य जारी गर्दै उक्त आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानले निरन्तर रूपमा चीनसँग हातमा हात मिलाउँदै आतंकवादी शक्तिमाथि प्रहार गर्दै जाने कुरालाई दोहर्याएको छ।

Close
Messenger Pinterest LinkedIn