नेपाली

सन् २०२४ विश्व डिजाइन क्यापिटल सम्मेलन शाङहाईमा

cri2024-09-27 15:51:10

सेप्टेम्बर २७ तारिखबाट सन् २०२४ विश्व डिजाइन क्यापिटल सम्मेलन शाङहाईमा शुरू भएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङ तथा शाङहाई नगरका मेयर कुङ चङले उक्त सम्मेलनमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ।

शन हाईस्युङले नयाँ प्रक्रियामा शाङहाईले डिजाइन अवधारणालाई शहरीय विकासको विभिन्न तहमा मिलाएको, विश्वको दृष्टिकोण र शाङहाईको विशेषता मिलाएको तथा समाजवादी आधुनिकीकरणमा अन्तर्राष्ट्रिय ठूलो शहरको रहस्य देखाएको बताउनुभयो।

कुङ चङले हाल शाङहाईले राष्ट्राध्यक्ष सी चिनफिङले निर्देशन दिनुभएको रणनीतिबमोजिम विश्वको प्रभावशाली समाजवादी आधुनिक अन्तर्राष्ट्रिय ठूलो शहरको निर्माणमा गति प्रदान गर्ने कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn