नेपाली

नेपालका पूर्व परराष्ट्र मन्त्रीद्वारा चीनले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा निकै महत्वपूर्ण अन्वेषण गरेको ठहर

CRI2024-10-25 17:06:36

चालू वर्ष जन गणतन्त्र चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव हुनुका साथै शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको औपचारिक प्रकाशन भएको ७०औँ वार्षिकोत्सव पनि हो। हालै चाइना मिडिया ग्रुपको एक पत्रकार टोलीले नेपालका पूर्व परराष्ट्र मन्त्री एवम चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डेसँग विशेष अन्तर्वार्ता लिएको छ।

पाण्डेका अनुसार, चीनले विश्वका अन्य देशोंसँगको सम्बन्धमा सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पालना गर्दै आएको छ। आजको जटिल र परिवर्तनशील अन्तर्राष्ट्रिय परिस्थितिमा, विश्वव्यापी समस्याहरू लगातार उत्पन्न भइरहेको अवस्थामा, ७० वर्षअघि औपचारिक रूपमा प्रस्तुत गरिएको शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले विशेष रूपमा यथार्थपरक महत्त्व राख्छ। मानव जातिको साझा भाग्य समुदायको अवधारणाबारे चर्चा गर्दै पाण्डेले शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्त प्रस्ताव प्रस्तुत गरेदेखि मानव जातिको साझा भाग्य समुदायको निर्माण प्रस्ताव प्रस्तुत गरेसम्म चीनले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा धेरै महत्वपूर्ण अन्वेषण गरेको ठहर गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn