नेपाली

चीनको जलसम्भार निर्माणमा १० खर्ब ८९ अर्ब ३० करोड चिनियाँ युआन लगानी

CRI2023-01-14 16:32:17

चीनको जनसम्भार मन्त्रालयले जनवरी १३ तारिख सार्वजनिक गरेको सूचनाअनुसार, सन् २०२२ मा चीनको जलसम्भार परियोजनाको निर्माणले

ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सन् २०२२ मा जलसम्भारको लगानीले इतिहासको नयाँ उचाइ सिर्जना गरेको छ।

सन् २०२२ मा चीनका ४७ वटा जलसम्भार परियोजना निर्माण शुरू भएका छन् र ती परियोजनामा ४ खर्ब ५७ अर्ब ७० करोड चिनियाँ युआन लगानी भएको छ।

चीनका उप जलसम्भार मन्त्री वाङ ताउसीले सन् २०२२ मा चीनको जलसम्भार निर्माणको लगानी १० खर्ब ८९ अर्ब ३० करोड चिनियाँ युआन पुगेको र २०२१ को तुलनामा ४४ प्रतिशतले बृद्धि भएको बताउनुभयो। यो नयाँ वर्ष स्थापना भएयता जलसम्भार निर्माणको लगानी सबैभन्दा बढी भएको वर्ष भएको उहाँले स्पष्ट पार्नुभयो।

सन् २०२२ मा चीनको जलसम्भार मन्त्रालयले ग्रामीण क्षेत्रको पानी आपूर्ति कार्य चौतर्फी रुपमा अगाडि बढाएको छ। चीनको विभिन्न क्षेत्रको ग्रामीण क्षेत्रको पानी आपूर्ति परियोजनाको निर्माण रकम १ खर्ब ७० करोड चिनियाँ युआन पुगेको छ।

Close
Messenger Pinterest LinkedIn