नेपाली

सांस्कृतिक कथामा आधारित नयाँ विचारहरू: देश सञ्चालन गर्न नियम रहे तापनि जनताका लागि लाभ भन्ने मूलभूत कुरा

cri2022-10-19 15:19:13

देश सञ्चालन गर्न नियमित नियम रहे तापनि जनताका लागि लाभकारी भन्ने नै मूलभूत कुरा रहेको छ। २१०० वर्षभन्दा लामो समयअघिदेखि प्रचलित हुँदै आएको देश सञ्चालन गरिने सो विचारधारा हाल चीनको सत्तारूढ पार्टीले देशको सञ्चालन गर्न र जनताको सेवा प्रदान गर्न मूलभूत आग्रह पनि बनेको छ।

जनतालाई सुमधुर जीवन बिताउन दिनु नै चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै अथक प्रयास गर्दै आएको लक्ष्य रहेको छ। चीनले पूरै विश्वमा सबैभन्दा ठूलो प्रजातान्त्रिक प्रत्याभूति सञ्जालको स्थापना गरेको छ। त्यसैगरी जनताले वृद्ध-वृद्धा प्रत्याभूति, रोगी-बिरामी, बेरोजगार, काम गर्ने क्रममा लागेको चोटपटक र घाइते, विकलाङ्ग र विपन्न अवस्था लगायतका खतराको सामना गर्दा व्यवस्थित सुनिश्चितता पाउन सक्नेछन्।

जनतालाई प्राथमिकता दिने र जनताका लागि हित कल्याण सिर्जना गर्ने भन्ने चिनियाँ कम्युनिष्ट पार्टीको स्पष्ट संकेत हो। हाल चीनले विश्वमा सबैभन्दा ठूलो परिधिको शैक्षिक प्रणाली, सामाजिक प्रत्याभूति प्रणाली र चिकित्सा तथा स्वास्थ्य प्रणालीको स्थापना गरिसकेको छ। साझा सम्पन्न जीवन बिताउने सुमधुर अभिलाषा पनि क्रमश: पूरा हुँदै जाने छ।

Close
Messenger Pinterest LinkedIn