नेपाली

चीनका ३२१५ सार्वजनिक पुस्तकालय सबै निःशुल्क

cri2022-08-21 17:01:19

बितेका वर्षहरूमा चीनमा सार्वजनिक सांस्कृतिक सेवाको स्तरीकरण तथा समानीकरणलाई निरन्तरता दिँदै शहरी तथा ग्रामीण क्षेत्रलाई ढाकिने सार्वजनिक सांस्कृतिक सेवा सञ्जालको निरन्तर रूपमा सुधार भइरहेको छ। उक्त कुरा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय प्रचार विभागका उपनिर्देशक सुन येलीले हालै बताउनुभएको हो।

उहाँका अनुसार, सन् २०२१को अन्त्यसम्ममा, देशभर ३२१५ सार्वजनिक पुस्तकालय, ३३१६ सांस्कृतिक केन्द्र र ६१८३ सङ्ग्रहालय खुला गरिएको छ। चीनका विभिन्न जिल्ला र टाउन्सिपमा रहेका सांस्कृतिक स्टेशनहरूको संख्या ४० हजारभन्दा बढी पुगेको छ। टाउनशिप स्तरिय मिलिजुली सांस्कृतिक सेवा केन्द्रको संख्या ५.७ लाख भएको छ भने ग्रामीण पुस्तक पसलहरूको संख्या ५.८ लाख पुगेको छ। हालसम्म चीनमा सबै सार्वजनिक पुस्तकालयहरू, सांस्कृतिक केन्द्रहरू, कला ग्यालरीहरू, व्यापक सांस्कृतिक स्टेशनहरू र अधिकांश सङ्ग्रहालयहरू सर्वसाधारणका लागि निःशुल्क खुलाइएको छ।

Close
Messenger Pinterest LinkedIn