नेपाली

पैचिङ हिउँदे ओलम्पिकपछिको सबैभन्दा मूल्यवान सम्पत्ति

CRI2022-02-24 10:04:03

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको समापन समारोहमा आतिशबाजीद्वारा “एक विश्व एक परिवार” को वाक्यांशलाई चिनियाँ तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको थियो।

२००० वर्षअघि नै चिनियाँ कन्फ्युसियस क्लासिक्स लेखमा “पूरै विश्व एक परिवार” भावको सुन्दर सामाजिक आदर्श उल्लेख छ। यसै गरी, सन् २०२१ नव वर्षको अवसरमा शुभकामना दिँदै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको थियो-पूरै विश्व एक परिवार हो। एक वर्षको उतारचढावपछि, हामीले मानवजातिको भाग्य समुदायको अर्थबारे पहिलेभन्दा अझै बढी बुझेका छौँ।

कोभिड-१९ महामारी फैलिरहेको पृष्ठभूमिमा आयोजित पैचिङ हिउँदे ओलम्पिकले विविध ठोस विषयबाट उक्त सुन्दर विचार प्रसार गरेको छ। यो पैचिङ हिउँदे ओलम्पिकले विश्वलाई दिएको सबैभन्दा मूल्यवान विचार र सम्पत्ति हो।

यद्यपि प्रतिस्पर्धात्मक सम्बन्ध भए तापनि युक्रेन र रूसका खेलाडी, चीन र अमेरिकाका खेलाडीले सदिच्छापूर्ण रूपमा एकअर्कालाई अँगालो हालेका छन्।

पैचिङ हिउँदे ओलम्पिकको पदक “पाँच गोलाकार एक केन्द्र” को आधारमा डिजाइन गरिएको हो। यसमा पनि पूरै विश्व एक परिवारको विचार समावेश छ।

Close
Messenger Pinterest LinkedIn