सन् २०२२ मा चीनद्वारा ग्रामीण क्षेत्रको पुनरूत्थानलाई प्रवर्द्धन गरिने
cri2021-12-30 15:11:42
हालै सम्पन्न केन्द्रीय समितिको ग्रामीण क्षेत्र सम्बन्धी कार्यकारी सम्मेलनले सन् २०२२ मा गाउँ, कृषि र किसान कार्यलाई राम्रोसँग व्यवस्थापन गर्ने सम्बन्धमा ठोस योजना तर्जुमा गरेको छ। सम्मेलनमा गरिबी निवारणको उपलब्धिलाई सुदृढ पार्नुका साथै सम्पूर्ण रूपमा ग्रामीण क्षेत्रको पुनरूत्थानलाई अघि बढाउँदै जाने कुरामा जोड दिइएको छ।
सन् २०२२ मा चीनले विपन्न अवस्थाबाट मुक्त भएका जिल्लाहरूलाई सहायता दिने नीतिलाई अपनाउनुका साथै ग्रामीण क्षेत्रको विकास, निर्माण र सञ्चालन गरी यी ३ वटा विषयको आधारमा रहेर निरन्तर रूपमा ग्रामीण क्षेत्रको विशेषतायुक्त व्यवसायको अझै सुधार गर्दै जानेछ। यसबाहेक, चीनले विगतमा झैं कृषिको हरित विकासलाई पनि अघि बढाउँदै जानेछ।