चीनको सहयोगमा जिम्बाब्वेमा एक हजार वटा इनारको निर्माण
कमजोर आधारभूत प्रबन्ध, रकमको अभावआदि कारक-तत्वहरूबाट प्रभाव परेका कारण दक्षिणी अफ्रिकाको जिम्बाब्वेका धेरै क्षेत्रहरू खास गरी ग्रामीण क्षेत्रहरुमा स्वच्छ खाने पानी र जीवनमा प्रयोग गरिने पानीको अभाव छ। जसबाट संक्रामक रोग प्रायःदेखापर्छ। सन् २०१२देखि हालसम्म चीन सरकारले रकम लगाई जिम्बाब्वेका लागि एक हजार वटा इनार निर्माण गरेको छ। ती इनारहरूले जिम्बाब्वेका ग्रामीण क्षेत्रहरूमा पानीको अभावलाई शिथिल पारेका छन्। “चिनियाँ इनार”बाट जिम्बाब्वेका चार लाख जना सर्वसाधारणको जीवन परिवर्तन भएको र साथै दुई मुलुकको मित्रताको प्रतीक बनेको छ।
सेनोन्डो प्राथमिक विद्यालय जिम्बाब्वेको दक्षिण माटाबेलेलेन्ड प्रान्तको सदरमुकाम ग्वान्डाको एक प्राथमिक विद्यालय हो। यो विद्यालयको सन् १९९२मा स्थापना भएको हो। धेरै वर्षहरूयता यो विद्यालयको पानी शहरको आपूर्तिमा निर्भर थियो। तर हालैका वर्षहरूयता शहरीय पानीको आपूर्ति अस्थिर भयो। कहिले काहीँ एक महिनामा पनि पानी हुन्थेन। यो विद्यालयका एक हजार छ सय जना शिक्षकशिक्षिका र विद्यार्थीहरूको जीवनमा असर पर्यो। चालू वर्षको अगष्ट महिनामा चीन सरकारले सेनोन्डो प्राथमिक विद्यालयका लागि निर्माण गर्न सहयोग गरेको इनारको प्रयोगमा आएको थियो। सेनोन्डो प्राथमिक विद्यालयका निर्देशक जोइसी मेड्लुङग्वाले चिनियाँ इनार भएपछि विद्यार्थीहरूले सुरक्षित पानी खान पाएको कुरा बताउनुभयो। उहाँले पनि साग बगैंचा र फलफूल बगैंचामा साग र फलफूल रोप्ने र विद्यार्थीलाई पोषण उपलब्ध गराउने योजना बनाउनुभयो। उहाँ भन्नुहुन्छ “हाल पर्याप्त पानी भएका कारण मैले सहकर्मीहरूसँग साग बगैंचा, फलफूल बगैंचा र माछा पोखरीको पुनःव्यवस्थापन गर्ने र विद्यार्थीहरूलाई पोषण उपलब्ध गराउने योजना बनाएँ। भविष्यमा हाम्रो विद्यालय अझै सुन्दर बन्ने छ।”
मेड्लुङग्वाकाअनुसार, विद्यालयको खेलमैदान ढुंगाले ढाकिएको छ। चिनियाँ इनार आएपछि उहाँले खेलमैदानमा घाँसले ढाकिने भएकाले इनारबाट पानी निकालेर घाँसेमैदान सिँचाइ गर्ने योजना बनाउनुभयो।
एसीगोडिमी जिल्ला अस्पताल दक्षिण माटाबेलेलेन्ड प्रान्तको एक महत्वपूर्ण अस्पताल हो। गत वर्ष अस्पतालको एक मात्रै इनार सुकेपछि चिकित्सक र विरामीले पानीको प्रयोग गर्न अप्ठ्यारो थियो। चालू वर्षको जुलाई महिनामा चीन सरकारको सहयोगमा एक नयाँ इनार अस्पतालमा निर्माण गरियो। दक्षिण माटाबेलेलेन्ड प्रान्त अधिकारी माराम्बिरी सिनारोभोले चिनियाँ इनारले अस्पतालका लागि जीवनजस्तै मूल्यवान पानी ल्याएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “चिनियाँ इनारले हाम्रो महामारी बिरुद्धका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। पर्याप्त पानी प्राप्त गरेपछि हामीले अस्पतालको फरक क्षेत्रमा हात धुने सेवा उपलब्ध गरायौं।”
चिनियाँ इनारले जिम्बाब्वेका सर्वसाधारणका लागि वस्तुगत हित ल्याएको छ। दक्षिण माटाबेलेलेन्ड प्रान्तका गभर्नर अबेड्निको एन्कुबेले भन्नुभएअनुसार, जिम्बाब्वे र चीन असल मित्र र असल दाजु-भाइ हुन्। इनार परियोजना दुई पक्षको सहकार्यको सूक्ष्म छबि हो। कृषि, खनिज, शिक्षा, चिकित्साआदि क्षेत्रहरुमा दुई पक्षको प्रशस्त उपलब्धि रहेको छ।
चीनको च्याङसी अन्तर्राष्ट्रिय आ र्थिक तथा प्राविधिक सहयोग कम्पनी लिमिटेड चीनको सहयोगमा जिम्बाब्वे इनार परियोजनाको निर्माण गर्ने पक्ष हो। उक्त परियोजनाका जिम्मेवार व्यक्ति त्वान छ्वानस्यू सन् २०१४देखि उक्त परियोजनामा सहभागी भए। उहाँ भन्नुहुन्छ “यो परियोजना निकै राम्रो छ। चीन सरकारको विदेशी सहयोग परियोजनामा सहभागी हुन पाएकोमा म र सहकर्मीहरूलाई गौरब लाग्यो। इनार खन्नु सजिलो होइन, तर पानी इनारबाट निकाल्दा स्थानीय वासिन्दाहरू नाचगान गरे, मेरो विचारमा हामीले गरेको कुराको महत्वपूर्ण अर्थ रहेको छ।”