नेपाली वैज्ञानिक अनुसन्धाता कट्टेलको विचारमा चीनले पर्यावरणीय संरक्षण क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्य अगाडि बढाउनका लागि गरेको प्रयासको प्रशंसा
नेपालबाट आउनुभएका डम्बरु बल्लभ कट्टेल चिनियाँ वैज्ञानिक प्रतिष्ठानअन्तर्गत छिङहाई-तिब्बत पठारभूमि अनुसन्धान संस्थानका एक जना पूर्व विदेशी विद्यार्थी हुनुहुन्थ्यो। हाल उहाँ चीनमा छिङहाई-तिब्बत पठारभूमिको केन्द्रमा रहेको “तेस्रो पोल क्षेत्र”को जलविज्ञान र जलवायुसम्बन्धी अनुसन्धान गर्दै हुनुहुन्छ।
सन् २००९ मा कट्टेल चीन आउनुभएको थियो। उहाँले चिनियाँ वैज्ञानिक प्रतिष्ठानअन्तर्गत छिङहाई-तिब्बत पठारभूमि अनुसन्धान संस्थानमा डाक्टर डिग्री पाउनका लागि अध्ययन गर्न थाल्नुभयो। सन् २०१२मा उहाँले डाक्टर डिग्री पाउनुभएपछि जर्मनी र पाकिस्तानका विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई सिकाउनुभयो। सन् २०१६ देखि उहाँ चीन फर्कनुभयो र चिनियाँ वैज्ञानिक प्रतिष्ठानअन्तर्गत छिङहाई-तिब्बत पठारभूमि अनुसन्धान संस्थानमा विदेशी उप प्राध्यापक बन्नुभएको छ। उहाँले जलविज्ञान र जलवायुसम्बन्धी अध्ययन गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ “तेस्रो पोल क्षेत्र हामीले भनेको ‘एशियाली जल टावर’ हो। एशियामा बस्ने अरबौं जनसंख्याका लागि यो मिठो पानीको महत्वपूर्ण उदगम स्थल हो। साथै तेस्रो पोल क्षेत्र एशियाको जलवायु प्रणालीमा गहिरो प्रभाव पर्नुका साथै उत्तरी गोलार्द्ध र विश्वको जलवायुका लागि महत्वपूर्ण छ।”
हाल कट्टेल छिङहाई-तिब्बत पठारभूमिको केन्द्रमा रहेको तेस्रो ध्रुवीय क्षेत्रको जलवायु र जलमा परिवर्तन हुने क्रममा
थि मुख्यतःमहत्व दिनुहुन्छ। उहाँकाअनुसार, विश्वको जलवायु वर्मिंगबाट असर परेका कारण तेस्रो पोल क्षेत्रमा वातावरणीय परिवर्तन हुँदैछ। यसबाट पर्यावरणीय प्रणाली र जैविक विविधतामा हानी पुर्याइएको छ। उहाँ भन्नुहुन्छ “सबैभन्दा त्रास-धम्की हिमनदी पग्लिनु हो। साथै उच्च तापक्रम र बाढीआदि चरम मौसम सिर्जना हुनु हो। एशियाको मिठो पानीको आपूर्तिमा असर परेको छ।”
कट्टेलले “तेस्रो ध्रुवीय वातावरण”सम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको अध्ययनमा संलग्न हुने योजना बनाउनुभयो। यो परियोजना चिनियाँ वैज्ञानिकहरूद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय सहकार्य परियोजना हो। यो परियोजनाले छिङहाई-तिब्बत पठारभूमिको अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाउन र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्नका लागि योगदान दिनेछ। कट्टेलकाअनुसार, “तेस्रो पोल क्षेत्र” एशियाका अनेकौं मुलुकहरूको महत्वपूर्ण जल उदगम हो। जलवायु परिवर्तनबाट एशियामा परेको चुनौतीको सामना एक मुलुकद्वारा पूरा गर्न सकिँदैन र अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ। उहाँले चीनले यस क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्नुभयो। उहाँ भन्नुहुन्छ “भारत, पाकिस्तान, नेपाललगायतका तेस्रो पोल क्षेत्र वरिपरीका मुलुकहरूले “हिमनदीको पानी खान्छन्”। त्यसैले जलवायु परिवर्तनको त्रास-धम्की केही मुलुकको कठिनाइ होइन र विभिन्न मुलुकको साझा चुनौती हो। विभिन्न मुलुकले सामना गर्न सहकार्य गर्नुपर्छ। यो “तेस्रो पोल क्षेत्र वातावरण”अन्तर्राष्ट्रिय परियोजनाको लक्ष्य हो। यो परियोजनाले अन्तर्राष्ट्रिय सहकार्य बढाउन सफल भयो। विश्वका केही क्षेत्रहरूमा शाखा केन्द्रको स्थापना गरियो। सयौं जना अन्तर्राष्ट्रिय विद्वानहरूले अनुसन्धान गर्न सहकार्य गरेका छन्।”
हाल संयुक्त राष्ट्र संघीय “जैविक विविधता सन्धि”मा हस्ताक्षर भएका पक्षहरूको सम्मेलनको पन्ध्रौं बैठक चीनको युननान प्रान्तीय खुमिङ शहरमा आयोजना हुँदैछ। कट्टेलले यस पटकको बैठकले अन्तर्राष्ट्रिय समाजले जलवायु परिवर्तनको सामना गर्न सहकार्य गर्नका लागि मौका उपलब्ध गराउनसक्ने आशा व्यक्त गर्नुभयो।