नेपाली

पैचिङ हिउँदे ओलम्पिक ज्योति हस्तान्तरण समारोह ग्रीसमा आयोजित

cri2021-10-20 15:22:24

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजक समितिका अनुसार स्थानीय समय अक्टोबर १९ तारिखका दिन पैचिङ ओलम्पिक खेलकुद समारोहको ज्योति ग्रीसमा औपचारिक रुपमा ग्रीसको ओलम्पिक खेलकुद समितिले पैचिङ हिउँदे ओलम्पिक खेलकुद समितिलाई हस्तान्तरण गरेको छ।

सर्वोच्च पुजारीले जलाइएको ज्योति र शान्ति तथा महिमाको प्रतिक जैतूनको हाँगालाई प्रथम ज्योतिपालक समक्ष हस्तान्तरण गर्नुभयो।

ग्रीसका राष्ट्रपति, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष र पैचिङ हिउँदे ओलम्पिक समितिका उपप्रमुख उक्त ज्योति प्रज्ज्वलन समारोहमा सहभागी हुनुहुन्थ्यो।

Close
Messenger Pinterest LinkedIn