नेपाली

चीनद्वारा विश्वको साझा विकासलाई प्रवर्द्धन

cri2024-11-20 17:14:51

बितेका केही दिन यता जी-२० समूहका नेतागणको रियो शिखर सम्मेलनले पुरै विश्वको नजरलाई तानेको छ। अन्तर्राष्ट्रिय समाजले के विचार गरेको छ भने रियो शिखर सम्मेलनपछि मानवजातिले कस्तो किसिमको विश्वको निर्माण गर्ने? यस विश्वको कसरी निर्माण गर्ने? विश्वव्यापी प्रशासन सुधारलाई कसरी अघि बढाउने? र जी-२० समूहले के कस्तो भूमिका निर्वाह गर्ने? भन्ने विषयमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख शिखर सम्मेलनलाई गर्नुभएको महत्वपूर्ण सम्बोधनले ती प्रश्नहरूको स्पष्ट उत्तर दिएको छ।

“एक साझा विकास सहित निष्पक्ष विश्वको निर्माण गर्नुका साथै हातमा हात मिलाउँदै निष्पक्ष र उचित विश्वव्यापी सञ्चालन प्रणालीको स्थापना गरौँ!” राष्ट्राध्यक्ष सीले शिखर सम्मेलनमा विभिन्न मुलुकको साझा विकासलाई अघि बढाउने महत्वपूर्ण अडान प्रस्तुत गर्दै चीनले विश्वव्यापी विकासलाई समर्थन गर्ने ८ बुँदे प्रस्तावको पनि घोषणा गर्नुभएको छ। यसका अतिरिक्त राष्ट्राध्यक्ष सीले आर्थिक, बैंकिङ, व्यापारिक, डिजिटल र पर्यावरणीय लगायतका क्षेत्र सम्बन्धी चीनको विश्वव्यापी सञ्चालन विचारधारालाई प्रकाश पार्नुभयो। उहाँको भनाइबाट शिखर सम्मेलनमा सहभागी विविध पक्षहरूले विस्तृत रूपमा प्रतिकृया जनाएका छन्।

रियो शिखर सम्मेलनपछि चीनले लगातार रूप्मा निष्पक्ष र परिपाटी सहित विश्वध्रुवीकरण, समावेशी र सहिष्णु अर्थतन्त्रको विश्वव्यापीकरणलाई अघि बढाउनुका साथै साझा विकासलाई साकार तुल्याउने प्रक्रियामा चिनियाँ शक्ति प्रदान गर्दै जानेछ।

Close
Messenger Pinterest LinkedIn