नेपाली

“सहकार्य” एशिया प्रशान्तको मुख्य प्रवाह

CRI2024-11-14 16:32:27

यसै साता पेरूमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका नेताहरूको ३१औं अनौपचारिक सम्मेलनको आयोजना हुने भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिनुहुने छ। विभिन्न पक्षले यस पटकको सम्मेलनले खुलपन तथा सहकार्यको अठोट बढाउन प्रसारण गर्ने र विश्वको विकासलाई उकास्ने अपेक्षा लिइएको छ।

लामो समययता एशिया प्रशान्त क्षेत्र विश्वको विकास र स्थिरताको पक्ष हो। एशिया प्रशान्त क्षेत्रको जनसंख्याले विश्वको जनसंख्याको एक तिहाई ओगटेको छ। आर्थिक मात्राले विश्वको ६० प्रतिशतभन्दा बढी क्षेत्र समेटेको छ र व्यापारिक मात्राको अनुपात करिब ५० प्रतिशत पुग्छ। एशिया प्रशान्त क्षेत्र विश्वको आर्थिक बृद्धिको महत्वपूर्ण इन्जिन हो। अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनको अनुमानअनुसा, चालु वर्षमा एशिया प्रशान्तको आर्थिक बृद्धि दर ४.२ प्रतिशत पुग्ने छ।

एशिया प्रशान्तको महत्वपूर्ण आर्थिक समूहको रुपमा चीन सधैँ नै एपेकसँग सहकार्यमा रहेको छ। हाल चीन एपेकका १३ वटा आर्थिक समूहको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। चीनले एशिया प्रशान्तको अर्थतन्त्रका लागि दिएको योगदान दर ६४.२ प्रशित पुगेको छ। चीनले उच्च स्तरीय बाह्य खुलपानलाई अगाडि बढाइरहेको छ। ती कारवाहीहरूले एशिया प्रशान्तको विकासका लागि ठूलो मौका उपलब्ध गराएका छन्।

खुलपन र सहकार्य एशिया प्रशान्तको सफलताको महत्वपूर्ण कारक-तत्व हो र पनि एशिया प्रशान्तको भावी विकासको मूलभूत प्रत्याभूति पनि हो। विश्व परिस्थिति जटिल र गम्भीर छ। एशिया प्रशान्तको विभिन्न आर्थिक समूहले साझा हितमाथि ध्यान दिनुपर्ने, स्वतन्त्र व्यापार र लगानीको समर्थन दिनुपर्ने, संरक्षणवादको विरोध गर्नुपर्ने, खुला, जीवन्त शक्तिको, बलियो र शान्तिपूर्ण एशिया प्रशान्त समुदायको संयुक्त रुपमा निर्माण गर्नुपर्ने, एशिया प्रशान्तको सहकार्यको नयाँ “स्वर्ण तीस वर्ष”को सिर्जना गर्नुपर्ने छ।

Close
Messenger Pinterest LinkedIn