नेपाली

फिलिपिन्सले अमेरिकाबाट पाएको मिठाई वा विष?

cri2024-10-31 19:54:30

फिलिपिन्सका लागि अमेरिकी दूतावासले हालै एउटा वक्तव्य जारी गर्दै फिलिपिन्सको समुद्री किनार रक्षा फौजको आधुनिकीकरण सुधारका लागि अमेरिकाले फिलिपिन्सलाई ८० लाख अमेरिकी डलर पूँजीको सहायता दिने योजना बनाएको छ। बाह्य तहबाट हेर्दा त्यो फिलिपिन्सलाई अमेरिकाको तथाकथित “इण्डो प्यासिफिक क्षेत्र रणनीति”मा सहयोग गरेबापत तथा दक्षिण चीन सागर विषयमा चीनलाई उत्तेजित पारेपछिको एउटा मिठाई हो। तर वास्तवमा यस मिठाई पछाडि फिलिपिन्सले निकै ठूलो मूल्य चुकाउने भएको छ।

अमेरिकाले सहायता पूँजी दिने, युद्ध-खतरा बनाउने कुराबाट आफूलाई लाभ हुने र सस्तो लागतद्वारा ठूलो मात्राको नाफा कमाउने गरेको कुरा गोप्य छैन। वास्तवमा अमेरिकाको ती कारवाईले सम्बद्ध मुलुकमा भिडन्त, डामाडोल परिस्थिति, पृथकतावादी प्रतिद्वन्दी अवस्था ल्याएको छ।

यदि फिलिपिन्स सरकारले अमेरिकाको जबरजस्ती कारवाईको अक्षरश: पालना गरेमा फिलिपिन्सले आफ्नो स्वतन्त्रता गुमाउने र ठूला देश बीच प्रतिस्पर्धी हुने समर्पण-चीज बन्ने छ। त्यसैले फिलिपिन्सलाई भन्न चाहन्छु, हरेक कुरा होशियारपूर्वक गर्नुहोला!

Close
Messenger Pinterest LinkedIn