नेपाली

चिनियाँ जासूस भन्ने कुरालाई पुनः एकपल्ट उठाएको छ, अमेरिकाको साँच्चिकै कुचेष्टा के छ?

cri2024-10-30 17:27:58

बिगत केही समयदेखि केही पश्चिमा सञ्चार माध्यम र अमेरिकी तथा पश्चिमा जासुसी संस्थाले तथाकथित “चिनियाँ जासूसको त्रास-धम्की” भन्ने नक्कली कुरालाई पुनः एकपल्ट उठाएर “चिनियाँ साइबरले अमेरिकी टेलिकम नेटवर्कमाथि आक्रमण गरेको” नाउँमा चीनलाई बदनाम गर्दै जनमतमा नयाँ चरणको हल्ला मच्चाएका छन्।

अमेरिकी र पश्चिमी सञ्चार माध्यमले तथाकथित “चिनियाँ जासूसको त्रास-धम्की” भन्ने कुरालाई फेरि एकपल्ट उठाउनुको साँच्चिकै उद्देश्य के छ? वास्तवमा त्यसपछाडि अमेरिकाको जटिल रणनीतिक कुचेष्टा लुकिएको छ। कूटनीति प्रतिष्ठानका प्राध्यापक ली हाई तोङले जनाउनुभए अनुसार, वाल स्ट्रिट जर्नल लगायतका सञ्चार माध्यमहरूले यस्ता किसिमका रिपोर्ट जारी गरेको कुराबाट तिनीहरू चीन लक्षित अमेरिकी प्रतिस्पर्धामा रहेको एक किसिमको उच्च घातक साधन बनिसकेको छ। त्यसको उद्देश्य चीन सम्बन्धी अमेरिकी राजनीतिक र सामाजिक तहमा अविश्वासको वातावरणलाई तेज पारिनु र चीन लक्षित अमेरिकाको प्रतिस्पर्धा र प्रतिद्वन्दी अवस्था सम्बन्धी जनमत ठहरलाई झन् सुदृढ पारिनु हो।

तर अमेरिकाले तथाकथित “चिनियाँ जासूसको त्रास-धम्की” भन्ने कुरालाई जसरी उठाए तापनि आफ्नो राजनीतिक कुचेष्टालाई लुकाउन सकेको छैन। बरू त्यस कारवाईले अमेरिका आफ्नो “साइबर साम्राज्य” भन्ने छविलाई झन् स्पष्ट बनाउनुका साथै अमेरिकाको आफ्नो इज्जतलाई ध्वस्त पार्नेछ। चीनले सीमा बाहिरका शक्तिबाट गुप्त कुरा चोर्ने कारवाईलाई दृढताका साथ प्रहार गर्दै सशक्त रूपमा देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्दैजानेछ।

Close
Messenger Pinterest LinkedIn