नेपाली

चिनियाँ धारणाद्वारा "ग्लोबल साउथ"को आवाज अझ मजबूत

CRI2024-10-26 11:15:00

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले २४ तारिख "ब्रिक्स जोड्ने" नेतास्तरीय संवाद सम्मेलनमा महत्वपूर्ण भाषण दिँदै "शान्ति" "विकास" "संस्कृति" लाई मुख्य शब्दका रूपमा प्रयोग गरी गहिराईका साथ व्याख्या गर्नुभयो। यसबाट चीन सधैं " ग्लोबल साउथ "का बारेमा चिन्तित रहेको फेरि स्पष्ट पारिएको छ।

आफ्नो भाषणमा राष्ट्राध्यक्ष सीले तीन प्रमुख प्रस्तावहरू प्रस्तुत गर्नुभयो — शान्तिको प्रतिवद्धताका साझा सुरक्षा हासिल गर्नु; विकासलाई पुनर्स्थापित गर्दै सार्वभौमिक समृद्धि हासिल गर्नु; र विविधता तथा सद्भावको लागि संस्कृति प्रवर्धन गर्नु। उहाँले विश्व सुरक्षा पहल, विश्व विकास पहल र विश्व सभ्यता पहलको कार्यान्वयनको प्रगति पनि प्रस्तुत गर्नुभयो। यसका साथै उहाँले " ग्लोबल साउथ "को विकासलाई प्रोत्साहित गर्न चीनका अनेकन कदमहरू घोषणा गर्नुभयो, जसले अन्तर्राष्ट्रिय समाजमा चासो तानेको छ।

आधुनिकीकरण सबै मानिसहरूको साझा आकांक्षा हो। चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय कांग्रेसको तेस्रो पूर्ण बैठकले थप व्यापक रूपमा सुधार गर्न र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने प्रणालीगत योजना बनाएको छ, जसले विश्वलाई थप अवसरहरू प्रदान गर्नेछ।

Close
Messenger Pinterest LinkedIn