नेपाली

अमेरिकाको वैदेशिक मानव अधिकार युद्धबारे चर्चा

cri2024-10-09 18:28:51

अक्टोबर ९ तारिखसम्म संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५७औँ सम्मेलन १ महिनासम्म चल्दै आएको छ। त्यस क्रममा कैयौँ मुलुकले साझा सम्बोधन अथवा एकल सम्बोधन आदि तरिकामार्फत चीनको अडानलाई समर्थन गरेका छन्। ती मुलुकहरूले सिन्च्याङ, हङ्कङ् र सिचाङ मामिला चीनको आन्तरिक मामिला हो भन्दै अमेरिकाको हस्तक्षेपको विरोध गरेका छन्। त्यसबाट के प्रमाणित भएको छ भने अमेरिका लगायत थोरै जसो पश्चिमा मुलुकले मानव अधिकार समस्यालाई राजनीतिकरण बनाउन खोजेको कारवाई साझा जनमत विपरीत भएको देखिन्छ।

अमेरिकाले “मानव अधिकार सम्बन्धी कालो हात”लाई बहुपक्षीय व्यवस्थामा पनि हालेको छ। बहुपक्षीयवादको केन्द्रीय चौतारोको हैसियतले संयुक्त राष्ट्र संघमा छलफल गर्ने विषयहरूमा शान्ति, सुरक्षा र मानव अधिकार आदि क्षेत्रमा समावेश छन्। त्यसै कारण संयुक्त राष्ट्र संघलाई अमेरिकाले विदेशतर्फ मानव अधिकार युद्ध चलाउने मुख्य चौतारोको रूपमा व्यवहार गर्दै आएको छ।

मानव अधिकार थोरैजसो मुलुकको चीज होइन। साथै मानव अधिकारलाई अरू देशमाथि दबाव दिने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने साधन हुनुहुँदैन। अमेरिका देशभित्रको मानव अधिकार अवस्था त्यति राम्रो छैन। तैपनि त्यसले अरू देशको मानव अधिकारमाथि यसोउसो गर्ने गरेको छ। अमेरिकाको दोहोरो मापदण्डलाई अरू देशले कडा विरोध गरेका छन्।

Close
Messenger Pinterest LinkedIn