नेपाली

७५ वर्षमा चीनबाट 'तीन पोजिसन'मार्फत् विश्वसँग भाग्य जोडिएको

cri2024-10-05 16:00:12

जन गणतन्त्र चीन स्थापनादेखिको ७५ वर्षमा चीनले शान्तिपूर्ण स्वतन्त्र कूटनीतिको पालना गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पछ्याएको छ। चीन सधैँ नै विश्व शान्तिको निर्माता, विश्वव्यापी विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक रहँदैआएको छ।

हाल "कस्तो विश्वको निर्माण गर्ने र यस्तो विश्व कसरी निर्माण गर्ने" भन्ने प्रश्नको सामु चीनले मानव भाग्य समुदायको साझा निर्माण गर्ने उत्तर दिएको छ।

जन गणतन्त्र चीनको स्थापनाको ७५ वर्षदेखि चीनले कुनै युद्ध वा द्वन्दलाई सक्रिय रूपमा सुरू गरेको छैन र अन्य देशको एक इन्च जमिनमाथि आक्रमण पनि गरेको छैन। गत शताब्दीको ५०को दशकमा प्रस्तुत भएको शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त बनेका छन्। यसका साथै चीनले सक्रिय रूपमा ठूला अन्तर्राष्ट्रिय हटस्पटको समाधानमा भाग लिनुका साथै सुरक्षा परिषद्का स्थायी सदस्यहरूमध्ये सबैभन्दा बढी शान्ति सेना पठाएको मुलुक हो।

सन् २०२२ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 'विश्वव्यापी सुरक्षा पहल' प्रस्ताव गरेर सुरक्षा घाटा कम पार्न र दिगो शान्ति कायम गर्न आधारभूत आधार प्रदान गर्नुभएको छ।

शान्ति विकासको पूर्वशर्त र विकास नै शान्तिको आधार हो। साझा विकासलाई बढाएर मात्र द्वन्दका मूल कारण हटाउन सकिन्छ।

त्यसैगरी चीनले “बेल्ट एण्ड रोड” प्रस्तुत गरेर विश्वको साझा विकासलाई बलियो शक्ति थपेको छ। बितेको एक दशकमा चीनले १५० भन्दा बढी देश र ३२ अन्तर्राष्ट्रिय संगठनसँग २०० भन्दा बढी बेल्ट एण्ड रोडको साझा सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ। जसले ३००० भन्दा बढी सहयोग परियोजनामार्फत् करिब दश खर्ब अमेरिकी डलरको लगानी आकर्षित गरेको छ।

सन् २०२१ मा चीनले विश्वव्यापी विकास पहल प्रस्ताव गरेको छ। हाल १०० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले उक्त पहललाई समर्थन दिनुका साथै ८२ देशले “विश्वव्यापी विकास पहल मैत्री समूह”मा भाग लिएका छन्।

शान्ति कायम राख्न र विकासलाई घच्घच्याउनका लागि निष्पक्ष र उचित अन्तर्राष्ट्रिय व्यवस्था आवश्यक छ। स्थापनादेखि जन गणतन्त्र चीन सधैं नै अन्तर्राष्ट्रिय व्यवस्थाका रक्षक रहँदैआएको छ।

सन् २०२३ मा चीनले विश्वव्यापी सभ्यता पहल प्रस्तुत गरेर विभिन्न सभ्यता कसरी सँगै जाने र मानव सभ्यता कहाँ जाने लगायत प्रश्नका लागि जवाफ दिएको छ र विश्व सभ्यताको शासनको सुधार गर्न मार्गदर्शक बनेको छ।

भविष्यमा चीन शान्तिपूर्ण विकास मार्गमा हिँड्ने , अन्य देशसँग मित्रता र सहकार्य गर्ने र विश्वको साझा विकासलाई घच्घच्याउने अठोटमा कसैगरी परिवर्तन ल्याउने छैन।

Close
Messenger Pinterest LinkedIn