नेपाली

चीनको उर्जा स्रोतको हरित मात्राले विश्वलाई दिएको योगदान

cri2024-08-30 18:33:48

चीन सरकारले अगष्ट २९ तारिख “चीनको उर्जा स्रोतको परिवर्तन” शीर्षकमा एउटा श्वेत पत्र जारी गरेको छ। सो श्वेत पत्रले अधिकांश तथ्याङ्क र ठोस विषयमार्फत बितेका १० वर्षयता चीनको उर्जा स्रोतको परिवर्तन र उपलब्धिलाई देखाउनुका साथै चीनले विश्व हरित विकास र सँगै मिलेर सफा र सुन्दर विश्वको निर्माण गर्ने लक्ष्यलाई साकार तुल्याउनका लागि गरेको महत्वपूर्ण योगदानको पनि ब्याख्या गरेको छ।

चीनको उर्जा स्रोतमा बोकेको हरित मात्रा निरन्तर उठ्दै गएकाले वैश्विक आपूर्तिलाई प्रशस्त पार्दै विश्वका लागि उर्जा स्रोत परिवर्तन हुने लागतलाई घटाएको मात्र नभई विश्व हरित विकास र जलवायु परिवर्तनको सामनामा महत्वपूर्ण योगदान पनि गरेको छ। यसका अतिरिक्त चीनले लगातार रूपमा उच्चस्तरीय वैदेशिक खुलापनलाई अघि बढाएको सिलसिलामा सफा उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई गहन पार्नका लागि नयाँ अवसर पनि सिर्जना गरेको छ।

चीनको आफ्नो वास्तविक विकास तथ्यबाट के प्रमाणित हुन्छ भने विश्वलाई हरित बाधा चाहिँदैन, बरू हातमा हात मिलाउँदै हरित परिवर्तन प्रक्रियालाई अघि बढाउनु आवश्यक छ। अनुमान गर्न सकिने कुरा के हो भने चीनको उच्च गुणस्तरीय विकास हुने प्रक्रियामा उर्जा स्रोतले बोक्ने हरित मात्रा निरन्तर रूपमा बढ्दै गएर विश्व हरित विकास र जलवायु परिवर्तनको सामना गर्नका लागि अझ बढी “चिनियाँ जिवन्त शक्ति” थपिदिने छ।

Close
Messenger Pinterest LinkedIn