नेपाली

फिलिपिन्स दक्षिण चीन सागरको शान्तिस्थापनाक्रममा ‘ब्याकस्टेबर’

CRI2024-08-20 16:22:26

अगष्ट १९ तारिख बिहान फिलिपिन्सको कोस्ट गार्डका दुई वटा जहाज चीन सरकारको अनुमतिबिना चीनको नान्सा टापुको स्यानपिन चट्टानसँग जोडिएको पानीमा अवैध रूपमा प्रवेश गरे। घटनास्थलको भिडियोमा देखाइए अनुसार, फिलिपिन्सका जहाजले चीनको बारम्बारको असहमति र चेतावनीलाई बेवास्ता गरेर जानीजानी चिनियाँ कोस्ट गार्डको जहाजलाई खतरनाक तरिकाले घटनास्थलमा कानुन लागू गर्ने क्रममा ठक्कर दिएको पाइएको छ। चिनियाँ र अन्तर्राष्ट्रिय कानुन बमोजिम, चिनियाँ कोस्ट गार्डले फिलिपिन्स जहाजमाथि आवश्यक कदम चालेको छ र सो अपरेशन पेशागत, संयमित र मानवीय तरिकामा सञ्चालन गरिएको छ।

सो घटनाका भिडियोहरू र सत्यतथ्य प्रमाणहरू छन्। दक्षिण चीन सागरमा क्षेत्रीय शान्ति र स्थिरतालाई भड्काउन र कमजोर पार्न बारम्बार दुस्साहस गरिरहेको फिलिपिन्सले नै हो।

बितेका दुई वर्षयता, फिलिपिन्सले चीनको रेनाइ च्याउ रीफ र ह्वाङयान ताउ टापुमा बारम्बार समस्या उठाउने गरेको छ। हाल स्यानपिन च्याउ चट्टानलाई आफ्ना नजर राखिरहेको छ। यी टापुहरू र चट्टानहरू चीनको नान्सा टापुहरूका भाग हुन् जुन निर्जन टापुहरू र चट्टानहरू पनि हुन्। यी क्षेत्र चीनका अन्तर्निहित क्षेत्र पनि हुन्। स्यानपिन च्याउ चट्टान नोड रेनाई च्याउ चट्टानबाट ७० किलोमिटर मात्र टाढा छ। यो नै समुद्री ढुवानी रुटको एक महत्वपूर्ण बिन्दु हो र दक्षिण चीन सागरको पूर्वी भागको सुरक्षा र स्थिरताको आधार शिला हो। यसै कारणले फिलिपिन्सले सो टापुलाई नियन्त्रण गर्न व्यर्थ प्रयास गरिरहेको छ।

चालु वर्षको अप्रिलदेखि, फिलिपिन्सले स्यानपिन च्याउ चट्टानमा अवैध रूपमा बस्नका लागि ठूला कोस्ट गार्ड जहाजहरू पठाइरहेको छ। अगष्ट १९ तारिखमा दक्षिण चीन सागरमा फिलिपिन्सले फेरि पठाएको जहाज चीनविरुद्ध गरेको अतिक्रमण र उक्साहटको यो सबभन्दा पछिल्लो गतिविधि हो।

फिलिपिन्सले पटक-पटक गरी चीनको भूभागको सार्वभौमिकताको उल्लङ्घन गर्दै फेरि एकपटक आफ्नो विश्वासघात गरेको छ। यस्तो गतिविधिबाट दक्षिण चीन सागरमा सम्बद्ध पक्षहरूको आचरणसम्बन्धी घोषणापत्रको गम्भीर उल्लङ्घन मात्र होइन, क्षेत्रीय सुरक्षा मामिलामा आसियानको केन्द्रीयतालाई पनि कमजोर पार्छ जुन अन्य आसियान राष्ट्रहरूको हितमा क्षति पुर्याएको छ। फिलिपिन्सले आफूलाई आसियान देशहरूको "विकल्प" बनाएको र शान्ति तथा स्थिरताका लागि अरु पक्षलाई गोप्य रुपमा प्रहार गर्ने "ब्याकस्टेबर"का रुपमा पनि चलिरहेको देखिन्छ।

हाल, चीन र आसियान देशहरूले दक्षिण चीन सागरमा आचार मापदण्डबारेमा छलफल गरिरहेका छन् र सक्रिय रूपमा व्यावहारिक समुद्री सहयोग सञ्चालन गरिरहेका छन्। यदि फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दामा विदेशी शक्तिको समर्थनमा भर परेर जे पनि गर्न चाहन्छ भने त्यसको शक्तिशाली प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn