नेपाली

अमेरिकाले ठूलो मात्रामा डोपिङ समस्याबारे विश्वलाई स्पष्ट जवाफ दिनुपर्छ

cri2024-08-09 17:43:00

हाल पेरिस ओलम्पिक खेलकुदको तालिका आधा समापन भइसकेको छ। अमेरिकी सञ्चार माध्यम र संस्थाहरूले एकातिर अन्य देशका खेलाडीहरूलाई डोपिङको प्रयोगका लागि आक्रमण गरिरहेका छन् भने अर्कातिर डोपिङ परीक्षणमा सकारात्मक भएका आफ्ना खेलाडीको समर्थन गरिरहेका छन्। जसले फेरि एक पटक “दोहोरो मापदण्ड”को खेलमा भाग लिँदै खेलकुदलाई राजनीतिक र हतियारका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको छ।

विश्व एण्टी डोपिङ निकायले अगष्ट ७ तारिख एउटा वक्तव्य जारी गर्दै अमेरिकाको यस्तो गतिबिधिले खेल प्रतिस्पर्धाको पूर्णताको रक्षा गर्नका लागि विश्व एण्टी डोपिङ निकायको नियममाथि स्पष्ट रुपमा उल्लङ्घन गरेको औँल्याएको छ। अमेरिकाको यस गतिबिधिले खेल प्रतियोगिताको निष्पक्षतालाई ध्वस्त पारेको र सम्बन्धित खेलाडीहरूको सुरक्षामा पनि खतरा निम्त्याए सो वक्तव्यमा उल्लेख छ।

ओलम्पिक भावना अमेरिकी प्रभूत्वबाट कलंकित हुनु हुँदैन। एण्टी डोपिङको काम अन्य देशहरूलाई हिलो छ्याप्न र दवाउनका लागि साधनका रूपमा प्रयोग हुनु हुँदैन। अमेरिकाले आफ्नो समस्यालाई सही रुपमा सामना गर्नुपर्छ। ठूलो मात्रामा डोपिङको मुद्दामा विश्वलाई एक स्पष्ट जवाफ दिनुपर्छ र ओलम्पिक खेललाई एउटा सफा र सुरक्षित वातावरण प्रदान गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn