नेपाली

प्यालेस्स्टाइनको महान् आन्तरिक मेलमिलाप किन बेइजिङमा?

cri2024-07-24 16:15:49

जुलाई २३ तारिख बेइजिङमा प्यालेस्टिनी मुक्ति कार्यले महत्त्वपूर्ण ऐतिहासिक क्षणको स्वागत गरेको छ। तीन दिने आन्तरिक मेलमिलाप वार्ता पछि १४ प्यालेस्टिनी पार्टीहरूले संयुक्त रूपमा "विभाजन अन्त्य गर्ने र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेइजिङ घोषणापत्र" मा हस्ताक्षर गरेका छन्। घोषणापत्रले पीएलओ प्यालेस्टिनी जनताको एक मात्र वैध प्रतिनिधि रहेको र गाजाको युद्धपछिको शासन र अन्तरिम राष्ट्रिय मेलमिलाप सरकारको गठनमा सहमति गरेको छ।

यो मेलमिलाप किन बेइजिङमा भयो भन्ने जिज्ञासा रहेको छ। किनभने प्यालेस्टाइन मुद्दामा चीनले सधैं शान्ति र मानवीय विवेकको पक्षमा उभिएको छ। गत वर्षको अक्टोबरमा प्यालेस्टाइन-इजरायली द्वन्द्वको नयाँ चरण सुरु भएदेखि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले द्वन्द्वको विस्तारलाई रोक्न तत्काल युद्धविराम र युद्ध अन्त्य गर्न चीनको अडान र प्रस्तावहरू बारम्बार व्याख्या गर्दै आउनु भएको छ।

गत वर्ष बेइजिङमा भएको साउदी अरेबिया र इरानले हात मिलाएदेखि प्यालेस्टाइनी पार्टीहरूद्वारा बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरी मध्यपूर्वमा भएका दुईवटा महत्वपूर्ण मेलमिलापले चीनले मध्यपूर्वको शान्तिपूर्ण विकासमा सधैँ इमानदारीपूर्वक सहयोग गरेको प्रमाणित गरेको छ। चीनले मध्यपूर्वी क्षेत्रको शान्तिका लागि काम गरिरहने, न्यायको पक्षमा बोलिरहने र प्यालेस्टाइन-इजरायल शान्ति प्रक्रियालाई प्रवर्द्धन गरिरहने नीति लिएको छ।

Close
Messenger Pinterest LinkedIn