नेपाली

चिनियाँ आर्थिक तथ्याङ्क बमोजिम चीनमा विदेशी लगानीका लागि नयाँ अवसरहरू

cri2024-07-16 17:06:54

चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरोको प्रारम्भिक तथ्यांक बमोजिम यस चालु वर्षको पूर्वार्द्धमा चीनको जीडीपी ६१६ खर्ब ८३ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ५.० प्रतिशतले बढेको छ। सामान्यतया चीनको आर्थिक कार्यसम्पादन वर्षको पहिलो आधामा स्थिर हुँदैआएको र रूपान्तरण र स्तरोन्नति निरन्तर रूपमा अगाडि बढिरहेको देखिन्छ।

सर्वप्रथम नयाँ अवसरहरू चीनको ठूलो बजारबाट आउँछ। साथै, चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकासले बहुराष्ट्रिय कम्पनीहरूलाई पनि नयाँ अवसर दिएको छ। यस बाहेक, चीनको नीतिको स्थिरता र निरन्तरताले विदेशी कम्पनीहरूको लागि विकासको फराकिलो ठाउँ खोलेको छ।

वर्तमानमा, चीन अझै पनि आर्थिक सुधार, रूपान्तरण र स्तरवृद्धिको महत्वपूर्ण अवधिमा रहेको र उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न निरन्तर प्रयासहरू आवश्यक छ।

"यदि चीन राम्रो छ भने, विश्वलाई राम्रो हुनेछ।"

Close
Messenger Pinterest LinkedIn