नेपाली

चीन-काजाकिस्तान "स्थायी" साझेदारीमा नयाँ जीवन्तता

cri2024-07-04 16:23:01

चीनको विदेश सम्बन्धमा कजाकस्तान स्थायी चौतर्फी रणनीतिक साझेदार हो। चीन र कजाकिस्तानको विकास र पुनरुत्थानको महत्वपूर्ण चरणमा रणनीतिक साझेदारीलाई कसरी बढावा दिनसक्छौं? चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २ देखि ४ तारिखसम्म कजाकिस्तानको राजकीय भ्रमणका क्रममा यस्तो जवाफ दिनुभएको छ। भ्रमणको क्रममा दुई राष्ट्र प्रमुखहरूले फलदायी वार्ता गर्नुभयो र संयुक्त रूपमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका रुसी, पूर्वी युरोपेली र मध्य एसियाली अध्ययन संस्थानका निर्देशक सुन च्वाङचले ‘विश्व दृष्टिकोण’लाई भन्नुभयो,“चीन-काजाकिस्तान सम्बन्ध "स्थायी चौतर्फी रणनीतिक साझेदार" को रूपमा रहेकोले द्विपक्षीय सम्बन्धको उच्चस्तरलाई मात्र प्रतिबिम्बित गर्दैन, तर यो सम्बन्ध सधैं राम्रो विकासतर्फ देखिन्छ, "स्थायी" को अर्थ पनि यहाँ छ।”

राजनीतिक पारस्परिक विश्वास चीन-काजाकिस्तान सहयोगको आधार हो। कजाकिस्तानको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्र चीन थियो। आर्थिक र व्यापारिक सहयोग चीन-काजाकिस्तान सम्बन्धको प्रमुख शक्ति हो।

यस पटक दुवै राष्ट्र प्रमुखले विश्व शान्ति र विकासलाई अझ राम्रोसँग संरक्षण गर्ने र साँचो बहुपक्षीयताको रक्षा गर्ने बहुपक्षीय संगठनहरूको ढाँचाभित्र नजिकबाट सहकार्य गर्ने कुरामा जोड दिएका छन्।

Close
Messenger Pinterest LinkedIn