नेपाली

विगत ७० वर्षदेखि चीनको निरन्तर योगदान

cri2024-06-29 17:09:12

७० वर्ष अगाडि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको राष्ट्रिय स्वतन्त्रता र मुक्ति आन्दोलनले ठूलो प्रभाव पारिरहेको थियो। नवजात राष्ट्रहरू आफ्नो राष्ट्रिय सार्वभौमिकता कायम राख्न र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न इच्छुक थिए। चीनका नेताहरूले पहिलो पटक शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको पूर्ण रूपमा प्रस्ताव प्रस्तुत गरेका थिए। जसले राष्ट्रहरू बीचको सम्बन्ध कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने “ऐतिहासिक उत्तर” दिएको थियो।

७० वर्षपछि, जब संसार अद्वितीय परिवर्तनहरूको सामाना गर्दैछ, चीनले फेरि मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्ने "युगको उत्तर" दिएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन २८ तारिख शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तहरूको ७० औँ वार्षिकोत्सवको स्मृति सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै ती सिद्धान्तहरूको आत्मा र वर्तमान युगको मूल्यको व्यापक रूपमा व्याख्या गर्नुभयो।

हिजोआज चीनले चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली राष्ट्रको निर्माण र राष्ट्रिय पुन:उत्थानलाई चौतर्फी रूपमा अघि बढाउँदै छ। यसका साथै चीनले विभिन्न मुलुकहरूलाई चीनको "सुविधाजनक सवारी" मा सवार हुन स्वागत गर्दछ। जसबाट साझा विकासको लक्ष्य हासिल गर्न सकियोस्।

Close
Messenger Pinterest LinkedIn