नेपाली

उपयुक्त समयमा “फलामले ढाकेको मित्रता”को उच्चारण

CRI2024-05-09 18:57:53

“फलामले ढाकेको मित्रता” भन्ने शब्दबारे चर्चा गर्दा धेरैले सबैभन्दा पहिला चीन र सर्बियाबारे सोच्दछन्। पहिले यो जोडी साझेदारहरूले पारस्परिक सम्मान, सहयोग र साझा विजयको भावना अपनाएका थिए। अहिले नयाँ ऐतिहासिक आरम्भमा फलामे मित्रता कसरी उच्चारित हुनेछ? मे ७ देखि ८ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सर्बिया भ्रमणले जवाफ दिएको छ।

आठ वर्षअघि राष्ट्राध्यक्ष सीले सर्बियाको भ्रमण गर्दा दुई मुलुकका राष्ट्रनायकहरूले चीन र सर्बियाको सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको रुपमा माथि उकास्ने निर्णय गर्नुभएको थियो। यस पटकको भ्रमणमा दुई मुलुकका राष्ट्रनायकहरूले चीन र सर्बियाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई सबल पार्ने र माथि उकास्ने, नयाँ युगमा चीन र सर्बियाको भाग्य समुदायको सिर्जना गर्ने घोषणा गर्नुभयो। दुई पक्षले वक्तव्य प्रकाशित गरेका छन्।

चीनको वन छ्वानमा भयङ्कर भूकम्प गएपछि सर्बियाले प्रथम घडीमा उद्धार सामग्री चन्दादान गरेको थियो। कोरोना भाइरस महामारी अवधिमा सर्बियाका राष्ट्रपति भुचिचले चिनियाँ महामारी प्रतिरोध चिकित्सा विशेषज्ञ टोलीको स्वागत गर्दै चीनको राष्ट्रिय झ्याललाई चुम्बन गर्नुभयो। एकेक कथाबाट चीन र सर्बिया साँच्चै साथी र राम्रा साझेदार प्रमाणित गरिएको छ।

हाल चीनले आधुनीकरणतर्फ चिनियाँ मार्गको निर्माणलाई अगाडि बढाउँदैछ। सर्बियाले “सर्बिया २०२७-भविष्य उन्मुख” विकास परियोजनाको कार्यान्वयन गर्दैछ। दुई मुलुकले “नयाँ युगमा चीन र सर्बियाको भाग्य समुदायको सिर्जना गर्ने” घोषणा गरेको कुराबाट दुई पक्षको साझा लक्ष्य प्रतिम्वित भएको छ।

राष्ट्रपति भुचिचले भन्नुभए झैँ सर्बियाको भविष्य चीनसित जोडिनेछ। “फलामे मित्रता”ले नयाँ युगमा नयाँ जीवन्त शक्ति प्रसारण गर्ने छ।

Close
Messenger Pinterest LinkedIn