नेपाली

मूलभूत समस्याको समाधान गरिएपछि मात्रै चीन-अमेरिका सम्बन्ध साँच्चै राम्रो बन्नसक्ने

cri2024-04-28 17:03:22

“एउटा आत्म विश्वास बोकेको, खुलस्त, समृद्ध र विकसित भइरहेको अमेरिका देख्न पाएमा चीनलाई खुसी लाग्नेछ। साथै अमेरिकाले सकारात्मक र निष्पक्ष रूपमा चीनको विकासलाई हेर्नसक्ने आशा पनि चीनले गरेको छ।”

गत २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनसँग भेट-वार्ता गर्नुहुँदै उक्त कुरा औँल्याउनुभएको हो। वार्ताको क्रममा दुवै पक्ष बीच साझेदारी हुनुपर्ने तर प्रतिद्वन्दिता नबन्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

विदेश मन्त्री ब्लिन्कनले वार्ताको अवसरमा चीन लक्षित विविध राजनीतिक वचन-बद्धतालाई दोहर्याउनुका साथै चीनसँगको सम्पर्कलाई कायम राख्दै जाने इच्छा पनि व्यक्त गर्नुभएको छ। दुवै देशका राष्ट्रनायक बीच सम्पन्न सान्फ्रान्सिस्को मतैक्यतालाई निष्ठापूर्वक व्यवहारमा उतार्दै अमेरिका-चीन सम्बन्धको स्थिर विकासलाई अघि बढाउँदै जाने अठोट पनि प्रकट गर्नुभएको छ।

हाल चीन-अमेरिका सम्बन्ध स्थिर हुँदै जाने प्रवृत्ति सहज देखिएको छ। त्यसमा दुवै देशका विभिन्न क्षेत्र अझ विशेषगरी समस्त अन्तर्राष्ट्रिय समाजले त्यसलाई निकै स्वागत गरेका छन्। यस्तो पृष्ठभूमिमा दुवै पक्षले निरन्तर प्रयास गर्दै सान्फ्रान्सिस्को अभिलाषालाई तथ्यमा परिणत गरी चीन-अमेरिका सम्बन्धलाई साँच्चिकै स्थिर र राम्रो दिशातर्फ विकसित गर्दै लैजानुपर्छ। अमेरिकाका लागि चीन लक्षित गल्ती सोच-विचारलाई सच्याएर सही रूपमा चीनको विकासको व्यवहार गर्नु नै सर्वप्रथम राम्रोसँग समाधान गरिनुपर्ने समस्या रहेको छ।

Close
Messenger Pinterest LinkedIn