नेपाली

किन विश्वलाई चीनको हरित उत्पादन क्षमता चाहिन्छ?

cri2024-04-26 19:28:03

हालै विश्वको सबैभन्दा ठूलो पेट्रोल कम्पनीमध्येको एक अर्थात् साउदी अरबको आमे पेट्रोल कम्पनीका सीईओ आमिन नासेलले २६ औँ विश्व ऊर्जा सम्मेलनमा चीनको नयाँ ऊर्जा व्यवसायको विकासले स्वच्छ र शुन्य कार्बन निष्काशनको पश्चिमा मुलुकको लक्ष्यलाई अघि बढाएको भन्दै त्यसले विश्व ऊर्जाको परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

केही अमेरिकीहरूले चीनको ऊर्जाको अधिक क्षमता र यसले विश्व बजारमा धम्की दिएको प्रसङ्गप्रति सीईओ नासेलको उक्त भनाइ अन्तर्राष्ट्रिय समाजको निष्पक्ष र बुद्धिमान विचारलाई प्रतिबिम्बित गरेको छ। विश्वका लागि चीनको हरित उत्पादन ऊर्जा क्षमताको साँचो अर्थ के छ? तथ्य नै सबैभन्दा राम्रो उत्तर हो। किनकि विश्वका विभिन्न मुलुकहरूका लागि चीनको नयाँ ऊर्जा उत्पादन क्षमताले विकासको नयाँ जीवन्त क्षमता पनि ल्याएको छ। अझ महत्वपूर्ण कुरा के छ भने विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्ने सन्दर्भमा चीनको हरित उत्पादन क्षमताले निकै धेरै योगदान गरेको देखिन्छ।

हाल विश्वसामु देखा परेको साँच्चिकै समस्या हरित उत्पादन क्षमताको अधिकता होइन, बरू ठूलो अभाव छ। वास्तवमा चीन जोडतोडसँग विश्वका लागि साँच्चै चाहिने मालसामानहरूको उत्पादन गरिरहेको छ।

Close
Messenger Pinterest LinkedIn