नेपाली

"अधिक क्षमता" को विचारमा चार वटा गल्ती

cri2024-04-25 18:13:28

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अप्रिल २४ तारिखदेखि चीनको भ्रमण गर्नुहुने छ। अमेरिकाबाट प्रस्थानअघि ब्लिन्केनबाट चीन भ्रमण क्रममा नयाँ ऊर्जाको "अधिक क्षमता" बारे चिन्ता व्यक्त गर्नुहुने कुरा सार्वजनिक भएको छ।

पहिलो, राजनीतिक परिप्रेक्ष्यमा यो वर्ष अमेरिकी चुनावी वर्ष हो र तथाकथित "अधिक क्षमता" को भनाई संरक्षणवादको लागि बहाना हो साथै व्यक्तिगत लाभको लागि एक उपकरण मानिन्छ।

दोस्रो, अमेरिकाद्वारा "अधिक क्षमता" को विचार दोहोर्याइरहने प्रचारले यसको वर्चस्ववादी तर्क झल्काउँछ।

तेस्रो, अमेरिकाको प्रचार पश्चिमा अर्थशास्त्रको तुलनात्मक लाभ सिद्धान्तको विरुद्ध देखिन्छ जुन अमेरिकाले विश्वास लिइरहेको छ।

चौथो, अमेरिकाले चीनको नयाँ ऊर्जा उद्योगले अमेरिकी कम्पनी र कामदारको रोजगारीमा असर गरेको आरोप पनि लगाएको छ।

चीनको नयाँ ऊर्जा उत्पादनलाई अमेरिकाले आफ्नै बजारमा प्रवेश गर्न विरोध गर्दैआएको गतिविधिले स्थानीय उपभोक्ताहरूको हितलाई हानि मात्र नभई विश्वव्यापी हरित रूपान्तरण तथा उदीयमान उद्योगहरूको विकासमा पनि बाधा पुर्याउने छ।

Close
Messenger Pinterest LinkedIn