नेपाली

जापानका श्रृंखलावद्ध खतरनाक कार्यको उद्देश्य के हो?

cri2024-04-14 17:40:29

हाल जापानबाट खतरनाक गतिविधि देखिइरहेका छन् जस्तो भनौँ "अमेरिका-जापान सुरक्षा सन्धि" को सबैभन्दा ठूलो स्तरोन्नति, अमेरिका, अष्ट्रेलिया र फिलिपिन्ससंग दक्षिण चीन सागरमा संयुक्त सैन्य अभ्यास, र "ओकुस" मा संलग्न हुन खोजेको आदि। जसबाट बाह्य क्षेत्रबाट धेरै विरोध गरिएको छ। जापानका केही जानकारहरूले औंल्याएका छन् कि जापान सरकारले सैन्य गठबन्धनमार्फत सैन्य शक्ति विस्तार गरी युद्धको खतरनाक बाटोमा हिँड्दैछ जसमा क्षेत्रीय मुलुकले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

असाही शिम्बुनले हाल टिप्पणी गरेअनुसार, शान्त मुलुकको रूपमा रहेको जापानको छवि शंकास्पद हॅुदै गएको छ। विश्वको सबभन्दा ठूलो सैन्य मुलुकको रूपमा रहेको अमेरिकाले एशिया तथा प्रशान्त क्षेत्रको मामिलामा हस्तक्षेप गर्ने बलियो सैन्य स्वाद लिएको छ। अमेरिका र जापानको सैन्य गठबन्धन अपग्रेड भएबाट सो क्षेत्रमा भइरहेको सन्तुलित अवस्थालाई बिगारेर क्षेत्रीय शान्ति र स्थिरतामा खतरा निम्त्याइएको छ।

एशिया-प्रशान्त क्षेत्र शान्तिपूर्ण विकासको लागि उच्च भूमि हो तर ठूला शक्तिको चेस खेल होइन। धेरै ऐतिहासिक ऋण बोकेको देशको रूपमा रहेको जापानले अमेरिकालाई पछ्याएर "सैन्य शक्ति" को बाटोमा फर्केर सैन्यवादको पुनरुत्थान गरेमा आफूलाई अझ खतरनाक अवस्थामा मात्र पुर्‍याउनेछ।

Close
Messenger Pinterest LinkedIn