नेपाली

अमेरिकी वित्तमन्त्रीको चीन भ्रमणपछि अमेरिकाले साँच्चिकै जिम्मेवार बन्नसक्ने चीनको आशा

cri2024-04-09 16:28:32

अमेरिकी वित्तमन्त्री जानेट येलेनले ९ तारिख चीनको भ्रमण गर्नुभएको छ। यस वर्ष चीनको भ्रमण गर्ने अमेरिकी क्याबिनेट सदस्यमध्ये उहाँ नै पहिलो हुनुहुन्छ साथै उहाँले ९ महिनापछि चीनको भ्रमण गर्नुभएको यो दोश्रो पटक पनि हो। सो अवधिमा दुई पक्षले बहु-तह, बहु-क्षेत्रीय वार्ता र आदान-प्रदान गरेका छन् भने चीन-अमेरिका राष्ट्रानायकबीचको महत्वपूर्ण सहमतिलाई पालना गरी आर्थिक वृद्धि र बैँकिङ सहयोगमा नयाँ उपलब्धि हासिल गर्न अघि बढ्न स्वीकार गरेका छन्। येलेनले अमेरिका र चीन दुवैपक्षले द्वीपक्षीय आर्थिक सम्बन्धलाई जिम्मेवारीका साथ व्यवस्थापन गर्नुपर्ने भन्दै चीनबाट डिकप्लिङ गर्न नखोजेको दोहोर्याउनुभयो।

येलेनको भनाइ राम्रो सुनिन्छ, तर कसरी व्यवहारमा उतारिनेबारे सबैलाई शंका हुन्छ। किनभने वास्तविकता हाम्रा आँखा अगाडि छ, चीनको अर्थतन्त्र, व्यापार, विज्ञान तथा प्रविधिलक्षित अमेरिकाको दबाव थुप्रै देखिन्छ भने चिनियाँ उद्योगलाई प्रतिबन्ध गर्ने लिस्ट झनै लामो भएको छ।

चीन र अमेरिका विश्वका शीर्ष दुई वटा आर्थिक समूह हो। चीनको विचारमा चीन र अमेरिका आर्थिक तथा व्यापारको प्रकृति साझा हितयुक्त र फाइदाजनक हो भने चीनले उक्त दिशातर्फ जान प्रयास गरिरहेको छ। तर केही वर्षयता अमेरिका चीनसँग एउटै दिशातिर हिँडेको छैन र स्वदेशलगायत विश्वका समस्त सर्वसाधारणको जिम्मेवारी लिएको छैन, जुन सबैले देखेका छन्।यस वर्ष चीन-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सव हो। विगतको अनुभवले प्रमाणित गरेको छ कि चीन र अमेरिकाबीच आर्थिक हितको गहिरो रूपमा एकीकृत छन् भने आपसी आर्थिक तथा व्यापारिक सहयोगलाई बढाएबाट दुई पक्षलाई फाइदा पुग्छ साथै विश्वको आर्थिक वृद्धि हुन पनि मद्दत पुग्छ। चीन-अमेरिका सम्बन्ध सुधार भएर स्थिर भएको बेलामा अमेरिकाले चीनसँग एकै दिशातिर हिँडेर सान्फ्रान्सेस्को भावनालाई व्यवहारमा उतार्ने आशा चीनले लिएको छ। अमेरिकाले साँच्चिकै जिम्मेवारी लिन सक्छ कि सक्दैन भनेर विश्वले प्रतीक्षा गरिरहेछ।

Close
Messenger Pinterest LinkedIn