नेपाली

फिलिपिन्सलाई "ट्रोजन घोडा" भाइरससँग सचेत रहन चेतावनी

cri2024-04-08 16:50:28

७ तारिखका दिन अमेरिका, जापान, अस्ट्रेलियाले फिलिपिन्ससँग मिलेर दक्षिण चीन सागरमा पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका छन्। फिलिपिन्सले कुनै हिचकिचाहटविना औंल्याएको छ कि चार मुलुकले संयुक्त रूपमा सैन्य शक्ति देखाउनुको लक्ष्य नै चीनलाई चेक र ब्यालेन्स गर्ने हो। वाशिन्टनमा सुरू हुन लागेको अमेरिका, जापान, फिलिपिन्स शिखर सम्मेलन हेरेर फिलिपिन्सले बाह्य मुलुकसँग मिलेर दक्षिण चीन सागरका विषयमा हस्तक्षेप गरी दक्षिण चीन सागर विवादलाई अन्तर्राष्ट्रियकरण गर्नखोज्नुको उद्देश्य नै आत्म-व्याख्यात्मक भएको बुझिहालियो। सोही दिन चिनियाँ जनमुक्ति सेनाको दक्षिणी युद्ध क्षेत्र दलले दक्षिण चीन सागर क्षेत्रमा संयुक्त नौसेना र हवाई लडाई गस्तीको आयोजना गरेको छ। दक्षिण चीन सागरमा गतिविधि गर्ने सबै सैन्य कार्यक्रम चीनको नियन्त्रणमा छ।

गत वर्षदेखि फिलिपिन्सले दक्षिण चीन सागरमा समस्या उत्पन्न गरिरहेको छ भने चीनको स्कारबोरो शोल र रन आई रिफ नजिकको पानीमा घुसपैठ गरेको छ। विश्लेषण अनुसार, फिलिपिन्सले गतिविधि चलाइरहेबाट चीनलाई तथाकथित समस्या उत्पन्न गरी दक्षिण चीन सागरको विवादलाई चर्काउन खोजेको छ।

फिलिपिन्सले मुखतया क्षेत्रीय शान्ति पछ्याउन भनेको छ तर वास्तवमा टकराव सिर्जना गरिरहेको छ। त्यसपछाडिको प्रमुख कारण अमेरिकालगायत विदेशी दलको समर्थन रहेको छ। फिलिपिन्सका राष्ट्रपति फेर्दिनान्ड रोमुआल्देज मार्कोसले विदेशी साथीहरूले फिलिपिन्सलाई मद्दत गर्ने प्रस्ताव प्रस्तुत गरेको उल्लेख गर्नुभयो। यस्तो हास्यास्पद बयानका लागि विश्लेषकहरूले व्यंग्यात्मक रूपमा भनेका थिए कि फिलिपिन्स आकर्षक परी होइन, ती पश्चिमा मुलुक टाढाबाट आएर फिलिपिन्ससँग मित्र वा माया देखाउने होइन। फिलिपिन्स सिनेटको कूटनीतिक सम्बन्ध समितिका अध्यक्ष इमे मार्स्कोले पनि औँल्याउनुभयो कि फिलिपिन्स सरकारले पश्चिमा मुलुकको रक्षा र समुद्री सुरक्षा दान पाउनु र “विदेशी हस्तक्षेपसहित ट्रोजन घोडा भाइरसको स्वागत गर्नु” उस्तै हो जसबाट दीर्घकालीन विवाद उत्पन्न हुने संभावना रहन्छ।

अप्रिल महिनादेखि आशियान मुलुकहरूले एकपछि अर्को गरी चीनको भ्रमण गरेका छन्। जसबाट चीन-आशियान सम्बन्ध घनिष्ठ भइरहेको देखिएको छ। विश्लेषकका अनुसार, अमेरिकामाथि आशियान मुलुकको अनुकूलता घटेबाट फिलिपिन्सले समस्या उत्पन्न गरिरहनुका पछाडि अमेरिकालगायत विदेशको प्रोत्साहन र समर्थन रहेको देखिएको छ। दक्षिण चीन सागरका विषयमा बलियो दृष्टिकोण अपनाउनु नै क्षेत्रीय शान्तिको संरक्षण गर्नु हो साथै विभिन्न हितसँग अनुकूल रहनु हो।

Close
Messenger Pinterest LinkedIn