नेपाली

अमेरिकी वाणिज्यमन्त्रीको विचित्र भनाईप्रति अमेरिकी नेटिजनले उडाए खिल्ली

cri2024-03-30 19:42:53

अमेरिकी वाणिज्यमन्त्री जेनेट येलेन अर्थशास्त्री हुनुहुन्छ र उहाँ सँधै तर्कसंगत र व्यावहारिक रूप देखाउनुहुन्छ। तापनि उहाँले हालै एक विचित्र बयान दिनुभएपछि अमेरिकी नेटिजेन्समाझ उपहासको पात्र बन्नुपरेको छ।

जर्जिया राज्यको फोटोभोल्टिक सेल कारखाना भ्रमणको क्रममा चीनको नयाँ ऊर्जा उद्योगमा "ओभरक्यापासिटी" समस्या रहेको र जसले विश्वव्यापी मूल्य र उत्पादन मोडललाई विकृत गरेको कुरा येलेनले उल्लेख गर्नुभयो। अमेरिकी कम्पनीहरू र कामदारहरूको हितमा हानि पुर्याएको उहाँले तत्स्थानमा भन्नुभयो। यसका लागि अमेरिकी कम्पनी र कामदारले 'निष्पक्ष' प्रतिस्पर्धात्मक मञ्च प्राप्तिलाई सुनिश्चित गर्न कदम चाल्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

येलेनको उक्त टिप्पणी आउने बित्तिकै, अमेरिकी नेटिजेन्सले यसलाई उपहास गरे र नेटिजनहरूका धेरै जिज्ञासाले केही अमेरिकी राजनीतिज्ञहरूको कडा बयानबाजी र पाखण्डको "दोहोरो मानक" भएको औंल्याए। साथै ती राजनीतिज्ञहरू निष्पक्ष प्रतिस्पर्धाबाट डराउने र स्वेच्छाचारी रूपमा अरूलाई बदनाम गर्ने प्रभुत्ववादी तर्क पनि उजागर गरियो।

हरित विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता हो। यसबाहेक, ती विकासहरूबाट अन्य देशहरूलाई हरित संक्रमण गर्न र विश्वव्यापी जलवायु परिवर्तनको प्रतिक्रियामा सकारात्मक योगदान गर्न पनि मद्दत दिइन्छ।

तर, अमेरिकाका केही राजनीतिज्ञहरूको दृष्टिकोणमा, "नयाँ ट्रयाक"मा रहने चीनको उद्योगको बढ्दो विकासले उनीहरूको स्वादिष्ट "चीज" लाई खोसिदिएको छ।

हालसालै, विश्वमा नयाँ ऊर्जा उद्योगमा नीलो महासागर व्यापक देखिन्छ। अमेरिकाका केही मानिसहरूले शून्य-योग सोचको अचम्म चक्रबाट बाहिर निस्कनुपर्छ। चीन र अमेरिकाको सफलता एक अर्काको लागि अवसर हो भनेर बुझ्नुपर्छ र आर्थिक तथा बजार नियमहरूको पालना गर्नुपर्छ। यो नै अमेरिकाको आफ्नै उद्योगलाई बलियो बनाउने सही तरिका हो।

Close
Messenger Pinterest LinkedIn