नेपाली

चीनका दुई राष्ट्रिय अधिवेशन मार्फत चीन बुझाइ

CRI2024-03-10 15:50:33

अर्जेन्टिनाको “ताङ ताइ” पत्रिकाका प्रधान सम्पादक गुस्टाभो निगले चीनको सम्पूर्ण प्रक्रियापूर्ण जनताको प्रजातन्त्र जनताका लागि लाभ दिने प्रजातन्त्र रहेको बताउनुभएको छ। उहाँले भन्नुभए झैँ चीनका वार्षिक दुई अधिवेशन विदेशले चीनको सम्पूर्ण प्रक्रियापूर्ण जनताको प्रजातन्त्रबारे जानकारी लिने महत्वपूर्ण झ्याल हो।

चालु वर्ष चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थापनाको ७० औँ वार्षिकोत्सव हो र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थापनाको ७५ औँ वार्षिकोत्सव हो। चिनियाँ राष्ट्रिय जन काँग्रेसका करिब तीन हजार प्रतिनिधि र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका २१ सय सदस्यले विभिन्न क्षेत्रबाट पैचिङमा भेला भएर देश विकासका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन्।

विश्लेषककाअनुसार, वर्तमान चीनको विकास र प्रगति अर्थतन्त्रको सफलता मात्र नभई प्रजातान्त्रिक राजनीतिक व्यवस्थाको सफलता हो।

Close
Messenger Pinterest LinkedIn