नेपाली

चीनमा विदेशी लगानीका अवसरहरू धेरै

cri2024-03-08 20:16:14

चीनका दुई राष्ट्रिय अधिवेशन जारी रहेको क्रममा अमेरिकी जोन्सन एण्ड जोन्सन कम्पनीका ग्लोबल उप महाप्रबन्धक एवम् चीनका क्षेत्रीय अध्यक्ष सोङ वैछ्युनले “विश्व दृष्टिकोण” लाई अन्तर्वार्ता दिँदै चीनले उच्च स्तरीय बाह्य खुलापनलाई विस्तार गरेको तथा स्थिर, पारदर्शी र अनुमान गर्नसकिने नीतिगत वातावरणको सिर्जना गरेको र यो ठूलो प्रोत्साहन भएको बताउनुभएको छ। उहाँका आँखामा चीनका दुई राष्ट्रिय अधिवेशनले पठाएको खुलापन संकेतले जोन्सन एण्ड जोन्सनलगायतका विदेशी कम्पनीहरूलाई मौका छोप्न र नयाँ विकास प्राप्त गर्न प्रोत्साहन गर्ने छ।

विदेशी लगानी चीनको आधुनिकीकरण निर्माणको महत्वपूर्ण शक्ति हो। चीनको पछिल्लो तथ्यांकअनुसार, चालू वर्षको जनवरीमा चीनले १ खर्ब १२ अर्ब ७१ करोड चिनियाँ युआनको विदेशी लगानी भित्र्याएको थियो। विदेशी व्यापारीले चीनमा लगानी लगाएका उद्योग-व्यवसायहरूको संख्या ४५८८ पुगेको छ।

चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार, हालैका वर्षहरूमा चीनमा लगानी लगाएका विदेशी व्यापारीको प्रत्यक्ष लगानी फाइदा दर करिब ९ प्रतिशत पुगेको छ। चीनबाट विदेशी व्यापारीले प्रशस्त फाइदा प्राप्त गरेका छन्। त्यसैले चीनमा विदेशी व्यापारीको लगानीले ताप उत्साह कायम रहेको छ।

Close
Messenger Pinterest LinkedIn