नेपाली

पत्रकार सम्मेलनद्वारा विश्वलाई एक स्पष्ट संकेत पठाइएको

CRI2024-03-08 16:54:07

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले चीनका दुई राष्ट्रिय अधिवेशनको पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरूका २१ वटा प्रश्नको जवाफ दिनुभयो। ती प्रश्नहरूमा ठूला मुलुकहरूको सम्बन्ध, क्षेत्रीय ताप बिन्दु, विश्वव्यापी शासनआदि विषयहरू समावेश छन्।

शान्ति प्रथम कुरा हो। शान्तिको अक्षरशःपालना गर्ने ठूलो मुलुकको रुपमा चीनले आफू सुरक्षित र स्थिर हुने आशा लिएको मात्र नभई विश्वको शान्तिका लागि भूमिका निर्वाह गरेको छ।

स्थिरता विकासको आधार हो। पत्रकार सम्मेलनमा चीनले चीन र अमेरिकाको सम्बन्ध, चीन र यूरोपको सम्बन्धबारे चर्चा गरेको छ। “बेल्ट एण्ड रोड”को साझा निर्माणको दश वर्ष पूरा भइसक्यो। “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्ताव विश्वको सबैभन्दा ठूलो परिमाणको अन्तर्राष्ट्रिय सहकार्य चौतारो बनिसकेको छ। चीनले प्रस्तुत गरेको “तीन वटा प्रस्ताव”लाई अन्तर्राष्ट्रिय समाजले मान्यता दिएको छ।

विकास सबै समस्याको समाधान गर्ने स्वर्ण कुञ्जी हो। सन् २०२३ मा चीनको आर्थिक वृद्धि गति ५.२ प्रतिशत पुगेको छ। चीनको भन्सार करको कुल स्तर घटेर विश्व व्यापार संगठनका विकसित मुलुकहरूको स्तर पुगेको छ।

सन् २०२४ को चीनका दुई राष्ट्रिय अधिवेशनले पठाएको संकेतले विश्वलाई स्थिर र राम्रो बनाउन प्रवर्द्धन गरेको छ।

Close
Messenger Pinterest LinkedIn