नेपाली

फिलिपिन्सको दक्षिण चीन सागर योजनाको भण्डाफोर

cri2024-03-06 20:52:55

मार्च ५ तारिख फिलिपिन्सले चीनको नानशा टापूहरूको रनआईच्याउको नजिकै समुद्री क्षेत्र बलपूर्वक प्रवेश गरेर फिलिपिन्सको अवैधानिक युद्धपोतका लागि निर्माण सामग्री ढुवानी गरेको छ। चीनले सार्वजनिक गरेको भिडियोबाट हेर्दा फिलिपिन्सको कोस्ट गार्ड ४४०७ नम्बर जहाजले चीनको चेतावनीको बेवास्ता गरी सामान्य रुपमा चलिरहेको चिनियाँ कोस्ट गार्ड २१५५५ नम्बर पोतलाई गम्भीर रुपमा ठोक्कर दिएको छ। चिनियाँ कोस्ट गार्डले कानूनबमोजिम फिलिपिन्सको जहाजलाई आवश्यक नियन्त्रणका कदम चालेको छ। तत्स्थलमा चिनियाँ कोस्ट गार्डको कारवाही वैधानिक छ।

हाल चीन र आशियान मुलुकहरूले “दक्षिण चीन सागर कारवाही मापदण्ड”को तर्जुमा गर्ने योजना अगाडि बढाउँदैछन्। शान्ति र सहयोग क्षेत्रीय मुलुकहरूको साझा आवाज हो। फिलिपिन्सले छिमेकी मुलुकहरूलगायतको बहु पक्षको आवाज सुन्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn