नेपाली

राइमोनडोको हास्यास्पद भनाइ

CRI2024-03-05 16:32:11

अमेरिकी वाणिज्य मन्त्री गिना राइमोनडोले भनेअनुसार, हालको मोटर गाडी “पाङ्ग्रा जडान गरिएको आईफोन”जस्तै छ। लाखौँ लाख चिनियाँ मोटर गाडी अमेरिकाको सडकमा चलिरहेका छन्। प्रतिदिनको हरेक मिनेटमा चिनियाँ मोटर गाडीले लाखौं लाख अमेरिकीको डाटा संकलन गरेपछि ती डाटालाई पैचिङ फर्काउने गर्दछन्।

वास्तवमा अमेरिकाले चिनियाँ मोटर गाडीलाई उच्च कर असुलेका कारण अमेरिकाको सडकमा चिनियाँ नयाँ ऊर्जाका मोटर गाडी थोरै देख्न पाइन्छ। अमेरिका “पाङ्ग्रामा रहेको मुलुक” हो। अमेरिकाको मोटर गाडी उद्योग बीसौँ शताब्दीमा विश्वको अग्रस्थानमा रहेको थियो र एकाईसौं शताब्दीमा क्रमशःह्रास भएको थियो।

हालैका वर्षहरूमा चीनको नयाँ ऊर्जा स्रोत मोटर गाडी निरन्तर रुपमा नवप्रवर्तन र अनुसन्धान भएको छ। सन् २०२३ मा चीनको नयाँ ऊर्जाका मोटर गाडीको निर्यात मात्रा १२ लाख ३ हजार पुगेको थियो। यसबारे केही अमेरिकीहरू चिन्तित छन्। उनीहरूले आफ्नो प्रतिस्पर्धात्मक शक्ति बढाउन प्रयास गरेका छनन् र सट्टामा व्यापारिक स्टिक उठाएका छन्। राइमोनडोले गलत सूचना फैलाएको मुख्य उद्देश्य अमेरिकाले सम्बन्धित संरक्षणवादी नीति प्रस्तुत गर्नका लागि जनमत सिर्जना गर्नु हो।

Close
Messenger Pinterest LinkedIn