नेपाली

रूस र युक्रेन बीचको भिडन्त सुरु भएको दुई वर्ष पुग्यो

cri2024-02-24 17:24:08

यही फेब्रअरी २४ तारिख रूस-युक्रेन भिडन्त चलेको दुई वर्ष भएको छ। हाल दुवै देशका सेना अझ प्रतिद्वन्दी अवस्थामा रहिरहेका छन्। अमेरिका र युरोपले रूसमाथि नयाँ नाकाबन्दा लगाउन खोजेकाले युद्धविरामको भविष्य अझ अँध्यारो देखिन्छ।

रूस-युक्रेन भिडन्त शीतयुद्धपछि युरोपेली क्षेत्रमा देखा परेको सबैभन्दा भयङ्कर क्षेत्रीय लडाईँ हो। यो भिडन्त उत्पन्न भएपछि तुरून्तै विश्वको उर्जाको मूल्य र अन्नको भाउ महङ्गिएको छ। हालसम्म भिडन्तले ल्याएको नकारात्मक प्रभाव पनि बढ्दै आएको देखिन्छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य मुलुकका हैसियतले चीनले सधैँ नै संयम राख्नुका साथै सङ्कटलाई चर्काउन नदिन विभिन्न पक्षहरूलाई आह्वान गरेको छ। हाल चीनले धेरैपटक गरी के धारणा व्यक्त गरेको छ भने छिटोभन्दा छिटो युद्ध बन्द गर्न र शान्तिको पुन:स्थापना गर्नका लागि रचनात्मक भूमिका निर्वाह गर्दै जानेछ। युक्रेन सङ्कटको समाधान गर्नु अति आवश्यक हो भने विभिन्न पक्षहरूले सदिच्छा देखाएर भिडन्तका दुवै पक्ष बीच युद्धविरामका लागि आवश्यक वातावरणको सिर्जना गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn