नेपाली

पश्चिमा मुलुकहरुको असफल धारणाभन्दा चिनियाँ धारणा सुन्नु राम्रो

cri2024-02-20 17:08:51

६० औँ म्युनिक सुरक्षा सम्मेलन फेब्रअरी १८ तारिख सम्पन्न भएको छ। युक्रेन संकटको निरन्तरता तथा प्यालेष्टाइन इजरायल युद्ध चर्कँदै आएको पृष्ठभूमिमा यस पटकको सम्मेलनमा चिन्तित भावना भरिएको छ। विश्वव्यापी चुनौतीको के कसरी सामना गर्ने भन्ने बारेमा यस सम्मेलनमा सहभागी विभिन्न मुलुकहरुले छुट्टा छुट्टै राय-सुझाव प्रस्तुत गरेका छन्। तीमध्ये चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले आफ्नो सम्बोधनमा डामाडोल संसारमा चीनले अटलताका साथ स्थिरताको संरक्षण गर्ने शक्ति बन्ने कुरामा जोड दिनुभएको छ। बहुपक्षले उहाँको भनाइको स्वागत गरेका छन्।

म्युनिक सुरक्षा सम्मेलन विश्वमा सुरक्षा नीति सम्बन्धी उच्च स्तरीय मञ्च हो। त्यसले विश्वको सुरक्षा स्थिति तथा विकासको प्रवृतिबारे पश्चिमा मुलुकहरु विशेष गरी युरोपको धारणा अभिव्यक्त गर्छ। विगत केही वर्षयता उथलपुथल विश्वको सामना गर्दै चीनले विभिन्न मुलुकहरुको साझा हितबारे सोच-विचार गरी अनेकन धारणा प्रस्तुत गर्दै आएको छ।

मानव जातिको इतिहासको पूर्वावलोकन गर्दा सही बाटो छानेपछि समृद्धि हुने थियो भने गलत बाटो छानेपछि प्रकोप हुने थियो। पश्चिमा मुलुकहरुले चिन्ता गरी साझा विफल गरेको भन्दा चिनियाँ धारणा सुन्नु राम्रो हुनेछ।

Close
Messenger Pinterest LinkedIn