नेपाली

वसन्त चाड चीनका साथै विश्वको सम्पदा बन्दै

cri2024-02-11 16:44:59

वसन्त चाडलाई संयुक्त राष्ट्र संघबाट सार्वजनिक विदाका रूपमा राखिएकपछि विश्वका विभिन्न क्षेत्रमा वसन्त चाडको महोत्सव झनै रमाइलो देखिएको छ।

वसन्त चाड चीनको सबभन्दा प्राचीन र महत्वपूर्ण परम्परागत चाड हो। त्यसलाई संयुक्त राष्ट्र संघबाट सार्वजनिक विदाका रूपमा राखिएबाट चीन र चिनियाँ संस्कृतिको प्रभाव अरू बढेको देखिएको छ। संयुक्त राष्ट्र संघको ७८ औँ महाधिवेशनका अध्यक्ष फ्रान्सिसको विचारमा संयुक्त राष्ट्र संघको प्रणाली र बहुपक्षीयवादमा चीनले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रतीक हो र चिनियाँ जनताले आफ्नो संस्कृति विश्वसँग साझा गर्ने इच्छा रहेको पनि देखाएको छ।

हाल अमेरिकी न्युयोर्क, फ्रान्सेली प्यारिस, नेदरल्याण्ड्सको हेग, मेक्सिको सिटीलगायत विभिन्न क्षेत्र गरी विश्वका लगभग २० प्रतिशत मानिसले विभिन्न तरिकामार्फत चिनियाँ वसन्त चाड मनाएका छन्। एक परम्परागत चिनियाँ चाड कसरी विश्वव्यापी सांस्कृतिक महोत्सव बन्न गयो? विश्लेषकका विचारमा चिनियाँ संस्कृतिमा "सद्भावको आधारमा भिन्नता राखिने" मूल्य अभिमुखीकरण र "साझा सौन्दर्य " को सांस्कृतिक अवधारणा विश्वभरका मानिसको प्रतिध्वनि र मान्यता बनेको छ। सबैले हेरेका छन् कि खुला र उदार चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि सारेर विभिन्न मुलुकको साझा सुरक्षा र विकासलाई शक्ति र मौका प्रदान गरेको छ।

विश्वले चिनियाँ वसन्त चाड मनाउँछ भने चीनले पनि वसन्त चाडको आनन्द विश्वव्यापी फैलाएको छ। जहाँ र जुन रंग छाला वा जाति भए पनि वसन्त चाड मनाउँदा सबैले भेला भई "साझा सौन्दर्य "को अनुभव लिएका छन्। जुन वसन्त चाडको आकर्षण हो।

Close
Messenger Pinterest LinkedIn