नेपाली

फिलिपिन्सद्वारा दक्षिण चीन सागरमा निर्माण गर्न खोजिएको“सानो चक्र” को कुचेष्टा विफल हुने

cri2024-02-02 18:33:05

फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड मार्कोसले हालै भियतनामको भ्रमण सिध्याउनुभएको छ। भ्रमण अवधिमा उहाँले फिलिपिन्सको सार्वभौमिकता सम्बन्धी विवादप्रति आफू चिन्तित रहेको दाबी गर्नुभयो। यसबाहेक केही पश्चिमा मिडियाले पनि फिलिपिन्सको साथमा दक्षिण चीन सागर समस्यालाई तेजिलो पार्दै तथाकथित चीनको त्रास-धम्की भन्ने धारणाको प्रचार प्रसार गरेका छन्।

सार्वजनिक खबर अनुसार, फिलिपिन्स र भियतनाम दुवै देशका सरकारले दुईवटा स्मृति प्रोटोकलमा हस्ताक्षर गर्दै आपसी सम्पर्क हट-लाईन खडा गर्न र संयुक्त समुद्री किनार प्रहरी रक्षा फौज परिषद्को स्थापना गर्न सहमति जनाएका छन्। सम्बद्ध विशेषज्ञका अनुसार, फिलिपिन्सले सुरक्षाको नाउँमा दक्षिण चीन सागरमा चीन लक्षित सानो चक्र बनाउनुका साथै चीनमाथि दबाव बढाउन खोजेको छ। त्यो दक्षिण चीन सागर समस्यामा फिलिपिन्सले चालेको नयाँ कदम रहेको छ।

ह्वाङ येन टापु र रन आई टापु चीनको अविच्छिन्न भूखण्ड रहँदैआएका हुन्। धेरै वर्षयता फिलिपिन्सको धेरैपटकको उत्तेजनाको सामना गर्दा चीनले निकै ठूलो संयम र धैर्यता देखाउँदै आएको छ। हाल फिलिपिन्सले आफ्नो कूटनीतिक नीतिमाथि स्वविचार गर्नुपर्छ। बरू आफ्नो भविष्य र भाग्यलाई एउटा विदेशी प्रभुत्ववादी मुलुकसँग बाँड्नुहुँदैन। अन्त्यमा दक्षिण चीन सागरमा “सानो चक्र” बनाउन खोजेको फिलिपिन्सको कुचेष्टा विफल हुनेछ।

Close
Messenger Pinterest LinkedIn